back

मलेसियामा सडक दुर्घटनामा हुदाँ ११ जना मजदूरको मृत्य

वि.सं.२०७५ चैत २५ सोमवार

42 

shares

२५ चैत, क्वालालम्पुर । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएकोछ ।

उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले  जानकारी दिएका छन् ।

सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो जिल्लाका प्रहरी अधिकारी जुलकिफ्ली अमामसाहले आइतबार भएको यस दुर्घटनामा परी कम्तीमा ११ विदेशीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् ।

सो ढल करिब २० मिटर गहिरो थियो । सो बसमा रहेका अधिकांश मजदूरको निधन भएको छ । बसका चालकको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ ।

त्यस विषयमा अनुसन्धान शुरु भएको छ । त्यस बसमा कतिजना सवार थिए भन्ने विषयमा भने केही नबताइएको मलेसियाली समाचार समिति बर्नामाले जानकारी दिएको छ ।

त्यसैगरी मृत्यु भएका ती विदेशी कामदारहरु कुन देशका हुन् भन्ने बारेमा पनि केही खुलाइएको छैन ।

वि.सं.२०७५ चैत २५ सोमवार १४:१० मा प्रकाशित

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...