back

पत्रकार महासंघ भारत शाखामा पुनः आर्यन

वि.सं.२०७५ चैत २५ सोमवार

27 

shares

देबेन्द्र केसी, नयाँ दिल्ली
नेपाल पत्रकार महासंघ भारत शाखा को दोस्रो अधिवेशन सम्पन्न भएको छ । महासंघकै कार्यालय हल तिस हजारी, दिल्लीमा सम्पन्न अधिवेशन मा लोकेश शाह ‘आर्यन’ सर्वसम्मत अध्यक्ष बनेका छन् ।

अप्रिल ७ मा पहाडगन्ज स्थित ‘होटल स्विसटोन’मा बसेको बन्दसतत्रे छलफल गरि महासंघ केन्द्रीय समिति अध्यक्ष गोबिन्द आचार्यको रोहवर र लोकेश शाह’आर्यन’को अध्यक्षतामा सर्वसहमतिय कार्यसमिति गठन गरेको हो । त्यसैगरी उपाध्यक्षमा देबेन्द्र कुँवर, महासचिवमा अर्जुन खनाल चुनिएका छन । त्यस्तै खुल्ला सचिवमा देबेन्द्र केसी, समानुपातिक सचिवमा धनबिर पुन, कोषाध्यक्षमा धनबहादुर बिक र सदस्यमा बाबु रोका ुमगरु, ईन्द्रकमल जैरु, भेषराज पौडेल, खुम बहादुर गुरुङ्ग र केशवराज पोख्रेल चुनिएका छन ।

प्रथम कार्यसमिति बैठकबाट प्रबक्ता र प्रान्तिय संयोजक टुङ्गो लगाउने महासंघ कार्यालयले जनाएको छ।

भारतमा कार्यरत राजनैतिक, कुटनितिक तथा सामाजिक संस्थाहरु, नेपाली राजदुताबास, बित्तिय संस्था, नेपाल एयरलाईन्सका प्रतिनिधिहरुको उपस्थितिमा महासंघ भारत शाखाले नयाँ कार्यसमिति पाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष गोबिन्द आचार्यले ‘भारतबाट सुरु भएको नेपाली पत्रकारिताले आज भारतमै नेपाली पत्रकारहरुको सञ्जाल खोल्ने र ऐक्यबद्ध हुने गौरव हासिल गरेको ‘भन्दै महासंघको भावी योजना र भिजन रहेको बताए । अध्यक्ष आचार्यले थपे “भारत शाखा नेपाली नागरिक मैत्री र ईन्डो -नेपाली पत्रकारहरुको बिच पुलको रुपमा काम गरोस । केन्द्र सदैव साथमा छ ”। घोषणा सभामा बोल्दै नेपाली दुताबासका सांस्कृतिक काउन्सलर होम प्रसाद लुँईटेलले राजदुत निलाम्बर आचार्यद्वारा प्रेषित सुभकामना सन्देश पढेर सुनाए । कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनिधिहरुले बोल्दै नवनियुक्त पदाधिकारीहरुको कार्य सफलताको सुभकामना दिएका थिए । ।

वि.सं.२०७५ चैत २५ सोमवार १५:२६ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...