Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए इटाली फुटबल प्रतियोगिताको तयारीमा



गैरआवासीय नेपाली संघ इटालीको आयोजना र नेपाल मितेरी मंच मिलानोको ब्यवस्थापनमा दोस्रो एनआरएनए कप इन्टरसिटी फूटबल टुर्नामेन्ट तथा बृहद सांस्कृतिक कार्यक्रम हुँदैछ आउँदो जुन १ र २ तारिखका दिन इटालीको मिलान सहरमा भव्यताका साथ् सम्पन्न गर्ने तयारीमा । आयोजक तथा व्यवस्थापक संस्थाहरु जुटेका छन् ।

नेपालीका लागि नेपाली भन्ने नारालाई आत्मा साथ गर्दै इटालीभित्र विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायबीच आपसी सम्बन्धलाइ मजबुत बनाइ भाइचारा, सदभाब तथा एकताको अबधारणा अनुरुप प्रतियोगिताको आयोजना गरिँदै आएको एनआरएनए इटालीले जानकारी दिएको छ ।

सो प्रतियोगितालाई इटालीभित्र रहेका सम्पूर्ण नेपालीहरुको महानपर्वको रुपमा लिइ पूर्णरुपमा सफल बनाउनका लागि एनआरएनए इटालीलले सम्पूर्ण स्थानीय नेपाली समाज, संघसंस्था, पत्रकार लगायत सर्बसाधारणमा अपिल गरेको छ।

एनआरएनए इटालीका महासचिव छविलाल कंडेलले सूचना प्राप्त नभएमा यसै सूचनालाई अधिकारिक मान्दै सम्पूर्ण स्थानीय नेपाली समाजहरुले आ–आफ्नो संस्थागत टिम तयारीको प्रक्रिया अगाडी बनाउनका लागि पनि अनुरोध गरिएका छन्।

प्रतियोगीता सम्बन्धि सम्पूर्ण प्रक्रिया सहित इटली स्थित स्थानीय नेपाली समाजहरुलाई छिट्टै नै जानकारी पठाइने बताइएको छ । यसै गरि एसबाहेक कुनैपनि इटाली भित्र रहेका संघ संस्था, तथा समूहहरुबाट टिम पठाउने भए त्यस सम्बन्धमा एनआरएन इटाली र सम्बन्धित क्षेत्रअन्तरगत स्थानीय नेपाली समाजहरु संघ सम्पर्क गर्न हुनपनि अनुरोध गरिएको छ ।

प्रतियोगितालाई भब्यरुपमा सफल बनाउनको एसएनआरएनए इटालीका संस्थापक डाक्टर भिमबहादुर बम संयोजक रहनेगरी अध्यक्ष दिपेसकुमार रेग्मीको अध्यक्षतामा एनआरएनए इटालीका पधाधिकारी र सम्पूर्ण स्थानीय नेपाली समाजहरुका अध्यक्ष सदस्य रहने गरि मूलआयोजक समिति गठन गरिएको जानकारी समेत गराइएको छ ।

सो समितिको संयोजकमा डा. भिम बहादुर बम, अध्यक्षमा दिपेसकुमार रेग्मी र सदस्यमा देवराज गुरुङ, मनोज कुमार कार्की, छबिलाल कंडेल, असोक उप्रेती, हरिभक्त काराखेती, राजन चापागाईं, योगेन्द्र रिजाल, सन्तोष पाण्डे र भबेशकुमार सिंह रहेका छन् ।

एनआरएनए इटालीले प्रतियोगितालाई बिसेष रुपमा सम्पन्न गर्नको लागि ब्यबस्थापनको जिम्मेवारी पएको नेपाल मितेरिमंच मिलानो लगायत मिलानबासि नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई विशेष गनुरोध गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।