back

मेरो उम्मेदवारी एनआरएनए अमेरिकाको संस्थागत रुपान्तरणका लागि – सत्यनारायण चौधरी

वि.सं.२०७५ चैत २५ सोमवार

36 

shares

 

समस्याहरू दर्साउन हैन कि समाधानका उपायहरूलाई यहॉहरूकै सहभागितामा ब्यवहारमा कार्यन्वयन गर्नका लागि मैले एनआरएनए अमेरीकाको केन्द्रीय नेतृत्वमा जाने अभिलाषा बोकेकोले अमेरीकामा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूबाट सहयोगको अपेक्षा गरेको छु।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आगामी निर्वाचन (२०१९–२१) को निर्वाचनमा बोर्ड अफ डायरेक्टरको उम्मेदवार बनेका छन्, सत्य नारायण चौधरी । एनआरएनए ईलिनोई च्याप्टर अध्यक्ष रहेका चौधरीले ‘संस्थागत रूपान्तरणको लागि सक्षम नेतृत्वको आवश्यकता’ भन्ने नाराका साथ मत मागेका छन् ।

नयॉ नेतृत्वले अमेरीकामा बस्ने सम्पूर्ण गैह्रआवासीय नेपालीहरूको सल्लाह र सुझाव अनुसार नबिनतम् सोच, योजना र प्रकृयाहरूलाई ब्यबहारीक रूपमा कार्यान्वयन गर्न सके मात्र संस्थाको रुपान्तरण सम्भव हुने उनको धारणा छ । “चुनाब पछि सर्भे गरेर सर्बसाधारणले संस्थामा के सुधार चाहन्छ र के काम भएको हेर्न चाहन्छन् त्यो काम उनीहरूकै सहभागितामा पूरा गर्नेछु” उनले भनेका छन् ।

मतदाताले आफूलाई किन मत दिने भन्दै उनले लेखेका छन्  :

एनआरएनए अमेरीकाको ‘संस्थागत रूपान्तरण’ को लागि सक्षम नेतृत्वको आवश्यकता !

चार्लस् डार्बिनले एकताका भनेका थिए, “यस संसारमा न त सबैभन्दा बलियो प्रजाती सधैं बॉचिरह्न सक्छन्, न त सबै भन्दा तीक्ष्ण बुद्धी भएका नै; परिवर्तित बाताबरण अनुसार अफूलाई परिवर्तन गर्न सक्ने प्रजाती मात्र सधैंभरी बॉचिरह्न सक्छन्”। ‘परिवर्तन’ जीवनको एउटा अभिन्न अंग हो, जसले हामीलाई जीवन्तता दिन्छ र नयॉ तरीकाले नयॉ कामगर्ने हौसला पनि। तसर्थ, कुनै पनि संस्थालाई अनन्तकालसम्म जीवित राखिराख्नकोलागि यसको दृष्टिकोण, लक्ष्य, नीति, रणनीति, योजना र प्रकृयामा समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्छ। एनआरएनए अमेरीकालाई अमेरीकामा बस्ने सबै नेपालीहरूको साझा संस्थाको रूपमा विकास गर्नको लागी यसको मौलिक सिद्धान्त (Fundamental Principle) लाई यथावत राखी यसको ‘संस्थागत रूपान्तरण’ (Organizational Change) हुनु जरूरी छ र यो त्यतिबेला मात्र सम्भव हुन्छ, जब नयॉ नेतृत्वले अमेरीकामा बस्ने सम्पूर्ण गैह्र-आवासीय नेपालीहरूको सल्लाह र सुझाव अनुसार नबिनतम् सोच, योजना र प्रकृयाहरूलाई ब्यबहारीक रूपमा कार्यन्वयन गर्दैजान्छ।

केही उम्मेदवारहरूले म यो काम गर्छु, त्यो काम गर्छु भन्दै आफ्ना घोषणा पत्र जारी गर्दै भोट माग्छन् र म तपाईहरूकै भावनाको प्रतिनिधित्व गर्न चुनाव लडेको भनेर फुँई लाउँछन्। अब प्रश्न उठ्छ, के ती उम्मेदवारले आफ्नो घोषणा पत्र लेख्दा तपाईसंग सरसल्लाह र सुझाव (Input) लिएको थियो त ? लिएको थिएन भने, सामान्यतया: नक्कल (Copy- Paste) गरिएका ती घोषणापत्रमा उल्लेख भएका आशालाग्दा बुंदाहरूले तपाईको भावनालाई कसरी प्रतिनिधित्व गर्न सक्छ त?

कुनै पनि संस्थाको ‘संस्थागत रूपान्तरण’ एउटा यस्तो प्रकृया हो, जसले संस्थालाई बर्तमान अवस्थाबाट भविष्यको यस्तो ‘आकॉक्षित अवस्था’ (Desired State) मा लैजान्छ; जसले संस्थाको अधिकॉस सदस्यहरूको इच्छा एवं मनोभावना परिपूर्ति गर्न सक्दछ।यसको लागि संस्थाको नीति र प्रकृयालाई “As is” (यथास्थिति) अवस्थाबाट “To be” अबस्थामा रूपान्तरण गर्नु जरूरी हुन्छ। हामीसंग NRNA USA को संस्थागत रूपान्तरणका दुईटा बाटो हुनसक्छन्। एउटा, Adaptive Change जस्ले हालको बिद्धमान नीति, नियम र प्रकृयालाई सामान्य परिवर्तन गरि नयॉ तरिकाले पुन:प्रक्षेपण (Reintroduce) गर्छ। अर्को, Innovative Change जस्ले संस्थाको हालको काम गराईको प्रकृयामा नै आमूल परिवर्तन ल्याउँदछ। NRNA USA लाई अमेरीकामा बस्ने सम्पूर्ण नेपालीले आफ्नो संस्था हो भनेर महसूस गराउनको लागि (केही यस संस्थासंग असन्तुष्ट पक्षहरू पनि भएकोले) केही समय लाग्ने भएता पनि यस संस्थामा समय सापेक्ष परिवर्तन गर्दै जाने हो भने, यो कुरा असम्भव भने छैन।

केही उम्मेदवारहरूले म यो काम गर्छु, त्यो काम गर्छु भन्दै आफ्ना घोषणा पत्र जारी गर्दै भोट माग्छन् र म तपाईहरूकै भावनाको प्रतिनिधित्व गर्न चुनाव लडेको भनेर फुँई लाउँछन्। अब प्रश्न उठ्छ, के ती उम्मेदवारले आफ्नो घोषणा पत्र लेख्दा तपाईसंग सरसल्लाह र सुझाव (Input) लिएको थियो त ? लिएको थिएन भने, सामान्यतया: नक्कल (Copy- Paste) गरिएका ती घोषणापत्रमा उल्लेख भएका आशालाग्दा बुंदाहरूले तपाईको भावनालाई कसरी प्रतिनिधित्व गर्न सक्छ त?

कुनै पनि संस्थाको संस्थागत रूपान्तरणको लागि सर्वप्रथम त यो रूपान्तरण किन जरूरी छ? त्यो कुराको पहिचान हुन (Idenfify) जरूरी हुन्छ। त्यसपछि सर्बसाधारणको राय लिएर परिवर्तन गर्नुपर्ने तत्वहरू (Elements) लाई पहिचानगरी त्यसै अनुसारको नीति, योजना तथा कार्यक्रमहरू ब्यबहारीक रूपमा लागू गर्नु पर्दछ। लागू गरिएका ती योजना तथा कार्यक्रमहरूले हामी नेपाली समाजमा पारेको प्रभावको पुन: मुल्यॉकन (Feedback) गरी यसलाई समयसापेक्ष पुन: परिवर्तन गर्दै लैजानुपर्छ; पुनरावृत्ति प्रकृया (Iterative Process) को माध्यमबाट। आजको अवस्था हेर्ने हो भने अमेरीकामा बस्ने नेपालीहरू ब्यावसायीक (Professional) रूपमा धेरै अगाडी बढिसकेका छन् र बिभिन्न प्रतिष्ठानहरूमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकाछन्। यो संस्थाले Crowdsourcing को माध्यमबाट ती बिद्वानहरूको ज्ञान, अनुभव र क्षमतालाई समग्र नेपालीको हितमा उपयोग गर्नसक्नुपर्दछ। यसका अतिरिक्त, संस्थाले अमेरीकामा बस्ने समग्र सर्वसाधारण नेपालीहरूलाई सुसुचित गरी महत्वपूर्ण ‘निर्णय प्रकृया’ ( Decision Making Process) मा सबैलाई समावेश (Involve) गराउनु पर्दछ।

कुनै पनि संस्थामा ‘संस्थागत रूपान्तरण’ ल्याउन गाह्रो हुन्छ तर असम्भव भने हुँदैन। यी समय सापेक्ष परिवर्तनहरू Transformational Leadership को सिद्धान्त अबलम्बण गरेका जुनसुकै नेतृत्वकर्ताले गर्न सक्छ, जसले समुहमा (Team Work) काम गर्न रूचाउँछ र संस्थागत रूपान्तरण गरिनुपर्ने आबश्यक्तालाई पहिचानगरी सर्बसाधारणको सल्लाह अनुसार प्रतिपादित नीति तथा कार्यक्रमलाई ब्याबहारिक रूपमा लागू (Implement) गर्ने हिम्मत राख्दछ। गैह्र-आवासीय नेपालीसंघ (एनआरएनए) अमेरीकामा तपाईहरूकै सरसल्लाह अनुसार केही सकारात्मक रूपान्तरण ल्याउन सकिन्छ कि भन्ने बिचारले मैले यस पटक (२०१९-२०२१) को निर्वाचनमा Board of Director पदमा उम्मेदवारी दिने घोषणा गरेकोछु। एनआरएनए अमेरीकाको ईलिनोई च्याप्टरमा २ बर्ष ‘च्याप्टर सचिव’ र हालको २ बर्ष ‘च्याप्टर अध्यक्ष’ भएर गरेको कामको अनुभवलाई संगाल्दै आगामी कार्यकालमा एनआरएनए अमेरीकाको केन्द्रीय कमिटीमा रहेर सेवा गर्ने धोको छ। मैले केन्द्रीय कमिटीमा नेतृत्व गर्ने मौका पाएँभने सर्वप्रथम सर्वेक्षण (Survey) को माध्यमबाट यस संस्थालाई ससक्त (Empowerment) बनाउन के गर्नु पर्छ र त्यो पुरा गर्न यहॉहरूको योगदान के रहन्छ भनेर यहॉहरूको बिचारहरू संकलन गर्नेछु र यहॉहरूकै सहभागितामा ती कामहरू पुरा गर्न-गराउन प्रयत्न गर्नेछु। अन्तमा, समस्याहरू दर्साउन हैन कि समाधानका उपायहरूलाई यहॉहरूकै सहभागिता (Participation) मा ब्यवहारमा कार्यन्वयन गर्नका लागि मैले एनआरएनए अमेरीकाको केन्द्रीय नेतृत्वमा जाने अभिलाषा बोकेकोले अमेरीकामा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूबाट सहयोगको अपेक्षा गरेकोछु।

सत्य नारायण चौधरी
एनआरएनए ईलिनोई च्याप्टर अध्यक्ष
तथा
एनआरएनए एनसीसी, बोर्ड अफ डायरेक्टरको प्रत्याशी !

 

वि.सं.२०७५ चैत २५ सोमवार १६:२३ मा प्रकाशित

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...