back

आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा युगेल तेन्डुप शेर्पा

वि.सं.२०७५ चैत २५ सोमवार

39 

shares

आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा युगेल तेन्डुप शेर्पा चयन भएका छन् ।

७ मार्चका आइतबारका दिन दोङ्देमुनस्थित नेपाल हाउसमा सम्पन्न भएको महासंघको विशेष अधिबेशनले बरिष्ठ उपाध्यक्षमा वाइ बि मगर, उपाध्यक्षमा सोम वाईवा, राजेश चौधरी, महासचिवमा गोबिन्द राई, सचिवमा मनोज वाङ्बा, कोषाध्यक्षमा एक बहादुर गुरुङ र सदस्यहरुमा आङ्ग सोनाम शेर्पा, राजु राई (राज कुमार), किशु थापा मगर, सगुन भट्टचन, श्रीप्रशाद श्रेष्ठ, श्रीकृष्ण मान कुमार चौधरी, डोल्मा ओमु ह्योल्मो र तुल बहादुर मगर रहेका छन् ।

महासंघकी का.वा अध्यक्ष मल्लिका थकालीको सभापतित्व, गैरआवासीय नेपाली संघ कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता, जनजाति महासंघ कोरियाका वरिष्ठ सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य, आदिवासी जनजाति महासंघ कोरियामा आबद्ध विभिन्न १२ जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि, पत्रकार, बुद्धिजीवीलगायतको उपस्थितिमा सम्पन्न भएको उक्त विशेष महाधिबेशनमा प्रमुख अतिथि लक्ष्मी गुरुङले जनजातिको अधिकारका कुरा बोलीमा मात्र नभएर व्यवहारमा पनि उतार्नुपर्ने भन्दै सम्बन्धीत पक्षको ध्याानाकर्षण गराएकी थिइन् ।


अध्यक्ष गुरुङले आदिवासी जनजातिले मुलबासी भएर पनि आफ्नो अधिकार नपाउनु दुःखद रहेको बताउँदै सबै एकजुट भए मात्र अधिकार प्राप्त गर्न सकिने बताएकी थिइन् ।


त्यस्तै नवनिर्वाचित अध्यक्ष शेर्पाले कोरियामा रहेका जातिय संस्थालाई एक बनाएर महासंघलाई नयाँ उचाइमा पु¥याउने बताएका थिए ।

सोहि अवसरमा महासंघलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

वि.सं.२०७५ चैत २५ सोमवार १७:३० मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...