
२६ चैत, काठमाडौं । आफैं साहुँ आफै ऋणि बनिरहेको सिभिल सेभिङ एन्ड कोअपरेटिभ जोखिममा पुगेको छ । सिभिल सहरकारी सिभिल सहरकारीले सिभिल सहमूहकै संस्थापकका परियोजनामा कुल कर्जाको ८६ प्रतिशत भन्दा बढी लगानी गरेको छ ।
०७४÷७५ को लेखा परीक्षण प्रतिवेदन अनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएको हो । यसरी आफै सञ्चालक भएको सहकारीको ऋण निजी कम्पनीमा लगाउनु गैर कानुनी हो । सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशत भन्दा बढी कर्जा एक व्यक्तिलाई दिन मिल्दैन ।
सहकारीको मर्म सहकार्य हो । तर, सिभिलले सर्वसाधारणको निक्षेप बटुलेर आफ्नो व्यापारमा अर्बौ लगानी गरिरहेको छ ।
संस्थाको लेखा परीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रुपमा औल्याएको छ । सिभिल होम्सले लामो समयदेखि सहकारीको सावाँ ब्याज तिर्न नसक्दा निक्षेपकर्ता मारमा परेका छन् । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७५ चैत २६ मंगलवार ०८:०२ मा प्रकाशित