back
CTIZAN AD

आठौ बार्षिकोत्सब मनाउदै के वाई सी क्लव

वि.सं.२०७५ चैत २७ बुधवार

666 

shares

२७ चैत्र, नयाँ दिल्ली । सामाजिक कार्यमा अग्रसर रहेर कार्य गरिरहेको कालीगण्डकी गाँउपालिका, वडा नं ७ कराङ्गतुङ्ग, गुल्मी मा स्थापित कराङ्गतुङ्ग युवा क्लव केवाईसीले आफ्नो स्थापनाको आठौ बार्षिकोत्सव को अवसरमा बिभिन्न रंगारंग कार्यक्रम गर्न लागिरहेको छ ।

साविक को वडा स्तरिय पुरुस भलिवल प्रतियोगिता, लोक तथा दोहोरी गित प्रतियोगिता, एकल नृत्य, घैटोफोर, म्युजिकल चियर प्रतियोगिता लगाएत बिभिद रंगारंग कार्यक्रम गर्न लागिरहेको क्लवका अध्यक्ष टिका सुबेदीले जानकारी गराएका छन् ।

पुरुस भलिबल प्रतियोगिता को प्रथम पुरुस्कार तेत्तिस हजार, तिन सय तेत्तिस रुपैया०,दोस्रो पुरुस्कार बाईस हजार,दुई सय बाईस रुपैया, तेस्रो पुरस्कार एघार हजार, एक सय एघार रुपैया रहेको क्लवका सचिव शंकर खत्रीले जानकारी दिए । प्रथम पुरस्कार सौजन्य शिद्धबाबा आमा समुह, कराङ्गतुङ्ग, गुल्मी, दोस्रो पुरस्कार सौजन्य अर्जुन कार्की, रमेश कार्की र करण कार्कीले जापान बाट संयुक्त रुपमा गरेका छन् । तेस्रो पुरस्कार भुमा फर्निचर उधोग ड्राईभरटोल, रुपन्देहीबाट सुरेश थापा र सान्त्वना पुरुस्कार लाई जापान बाट बिजय कार्कीले सौजन्य गरेका छन् ।

‘कराङ्गतुङ्ग क्लवको शान, नयाँ बर्ष हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु हुन लागिरहेको बिभिद मनोरंजनात्मक तथा खेलकुद कार्यक्रम यहि चैत्र २७ देखि बैशाख २ सम्म चल्ने छ । “भलिवल प्रतियोगितामा भाग लिन आउने दुरदराजका खेलाडीहरु लाई पचास प्रतिशत छुटमा खान र बस्नको ब्यवस्था मिलाईएको छ” कार्यक्रम संयोजक सन्तोष कार्कीले भने । कालीगण्डकी गाँउपालिका वडा नं ७ भुर्तुङ्ग को वडा कार्यालय लगाएत कराङ्गतुङ्ग निवासी बुद्धिजीवीहरुको आर्थिक सहयोग रहेको रंगारंग कार्यक्रम को उद्धाटन बयोबृद्ध बुद्धिजिवी मान बहादुर कार्कीले गर्नेछन् ।

वि.सं.२०७५ चैत २७ बुधवार १२:१० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...