back
CTIZAN AD

नेपाली क्रिकेटको टेष्ट यात्रा, वान डे जोगाउने कि, टेष्ट पहिल्याउने

वि.सं.२०७५ चैत २७ बुधवार

729 

shares

२७ चैत, काठमाडौं । पछिल्लो समय खेलाडीहरुले थामीरहेको नेपाली क्रिकेट अव कता जाला सर्वत्र चासोको विषय बनेको छ । क्रिकेट एसोसियसन नेपाल कहा छ, तमाम क्रिकेट प्रेमीहरुलाई थाहै छ । यस्तो अवस्थामा नेपाली क्रिकेट अन्तराष्ट्रिय क्रिकेट काउन्सील सँग आश्रित रहनुको विकल्प पनि छैन ।

नेपालले अहिले एकदिवसीय क्रिकेटको मान्यता पाएको छ । ओडीआइबाट ‘टेष्ट’ मान्यता तर्फ अग्रसर हुन खोज्नु नेपालको लागि अपेक्षाकृत सहज छैन । ओडीआई राष्ट्र हुदा त नेपाली क्रिकेट अहिले अन्तराष्ट्रिय प्रसिक्षक विहिन छ । यस्तो अवस्थामा आउदो दशकमा टेष्ट तर्फ उक्लिनु नेपालका लागि फलामको चिउरा चपाउनु सरहनै मान्नु पर्ने हुन्छ ।
नियमित प्रशिक्षकको अभावमा नेपाली क्रिकेटरहरुको प्रस्तुति अनप्रेडीक्टेवल देखिइरहेको जगजाहेरैे छ । अझ व्याटीङमा त नेपाली क्रिकेटरहरुले राम्रो कोच नै पाएका छैनन् । कहिले खेल अवधी त कहिले साता वा दश दिनका लागि आउने विदेशी कोचका कारण नेपाली क्रिकेटरहरुको व्याटको चाल कस्तो रहला भन्ने सहज अनुमान गर्ने सकिदैन । यसको प्रभाव स्वयं खेलाडीमा पनि परेको छ । प्रत्येक कोचका आ–आफ्नै सैलीको सिकार नेपालका होनाहार क्रिकेटरहरु भईरहेका छन् ।

रोय डायसको निरन्तर कोचिङले सुध्रिएको नेपाली व्याटीङलाई फेरी विग्रने अवस्थातर्फ उन्मुख भएको स्वयं खेलाडीहरुले अनुमान गर्न थालेका छन् । २०७३ वैसाख १३ मा निलम्वनमा परेको क्यानको निलम्वन फुकुवा हुने चाइ चुई कतै केही सुनिदैन । अभिभावक बिहीन बनेको नेपाली क्रिकेटलाई अब सरकारले विशेष ध्यान दिनु जरुरी छ । ताली र माला लगाइदिने राज्यको प्रबृतिमा थोरै परीवर्तन ल्याएर क्रिकेटका लागि राज्यले केही गरिदिए परीणाम गुणत्मक हुने पक्का छ । यसका लागी सरकारले सातै प्रदेशमा क्रिकेट प्रशिक्षण एकेडेमी निर्माण गर्ने, पिच निमार्ण गर्ने विदेशी स्थायी कोचको व्यवस्था गर्ने हो भने नेपालको व्याटीङ, फिल्डीङ र बलिङ लाईनमा अनिवार्य सुधार हुने पक्का छ ।
तत्कालै स्थाई कोचको व्यवस्था मात्रै गर्न सकियो भने नेपालको टेष्ट यात्रा सहज हुने पक्का छ । नत्र अहिलेको ओडीआई पनि जोगाउन नसकिने क्रिकेट पण्डितहरुको विस्लेषण रहेको छ ।

नेपाली क्रिकेट टीमको पछिल्लो सफलता पुल्क्याउने खालको छ । यदि दिर्धकालीन प्रभवकारी प्रशिक्षण भयो भने अहिलका युवा क्रिकेटरहरुले नेपाली क्रिकेटलाई धेरै माथी पुर्याउन सक्ने सहजै अनुमान गर्न सकिन्छ । अभिभावक विहीन अवस्थामा त युवा क्रिकेटरहरुले जुन कौसल देखाएका छन् यसलाई सलाम गर्नै पर्छ । ती युवाहरुको सीप र क्षमता निर्खान दिर्घकालीन अन्तराष्ट्रिय कोच अहिलेको आवश्यकता हो । अझ व्याटीङमा सुधारका लागी अहिल्यै प्रशिक्षण त रिणात्मक रहेको मान्नु पर्छ । यस्तो अवस्थामा नेपाल टेष्टतर्फ उक्लने कल्पना पनि गर्न सकिन्न । त्यसैले सरकारले विशेष व्यावस्था गरेर भएपनि अन्तराष्ट्रिय वयाटीङ कोच नेपाली युवा क्रिकेटरहरुलाई उपलब्ध गराउने हो भने नेपाली टेष्ट यात्रा सोचे भन्दा छिटो हुने पक्का छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १९:५० मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...