back

गुल्मीमा जीप दुर्घटना पुर्वसांसद सहित दुईको मृत्यु

वि.सं.२०७५ चैत २८ बिहीवार

42 

shares

२८ चैत, काठमाडौ । गुल्मीको मुसीकोट नगरपालीका वार्ड नं. १ पौदी थामको चीहानडाडाँमा यात्रुबाहक जीप दुर्घटना हुदाँ गुल्मीका पुर्व सांसद रुद्रमणी शर्मा सहित दुई जनाको मृत्यु भएको छ ।

पौदीबाट बाग्लुङको खारा तर्फ गइरहेको लु १ ज १९९७ नम्बरको जीप दुर्घटना भएको नेपाली कांग्रेसका नेता छन्द पहराइले जनाएका छन् । पार्टी कामको शीलशीलामा बाग्लुङ जाने क्रममा गुल्मी क्षेत्र नं ३ का पुर्व सांसद शर्माको जीप दुर्घटनामा मृत्यु भएको पहराले बताए । उक्त दुर्घटनामा मालीका गाउँपालिकाका ८ वर्षीय ओस्कर वि.क को पनि दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का ३६ बर्षका कमल पुरी, ३२ बर्षीय सुर्य बहादुर थापा, २५ बर्षीया कौशिला थापा र १८ बर्षका नरेन्द्र श्रीसको स्थानी स्वास्थय केन्द्रमा प्राथमीक उपचार पछि जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य ६ जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । त्यस्तै मुसिकोट नगरपालिका १ की ३८ बर्षीय रिमा भटराई, सोहि स्थानका ४० बर्षीय भोज बहादुर भटराई, मालिका गाउँपालिका २ का ३ बर्षीय कृतिमा थापा र ५ बर्षमा जेनिस थापा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका ५ वस्तुमा जन्मीएका शर्मा २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वीजयी सांसद हुन् ।अत्यन्तै भद्र र मीलनसार स्वभावका शर्मा जिल्लामा सर्व स्वीकार्य नेता मानीन्थे । शर्मा नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति समेत रहीसकेका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार ११:३१ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले...

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...