back
CTIZAN AD

गुल्मीमा जीप दुर्घटना पुर्वसांसद सहित दुईको मृत्यु

वि.सं.२०७५ चैत २८ बिहीवार

582 

shares

२८ चैत, काठमाडौ । गुल्मीको मुसीकोट नगरपालीका वार्ड नं. १ पौदी थामको चीहानडाडाँमा यात्रुबाहक जीप दुर्घटना हुदाँ गुल्मीका पुर्व सांसद रुद्रमणी शर्मा सहित दुई जनाको मृत्यु भएको छ ।

पौदीबाट बाग्लुङको खारा तर्फ गइरहेको लु १ ज १९९७ नम्बरको जीप दुर्घटना भएको नेपाली कांग्रेसका नेता छन्द पहराइले जनाएका छन् । पार्टी कामको शीलशीलामा बाग्लुङ जाने क्रममा गुल्मी क्षेत्र नं ३ का पुर्व सांसद शर्माको जीप दुर्घटनामा मृत्यु भएको पहराले बताए । उक्त दुर्घटनामा मालीका गाउँपालिकाका ८ वर्षीय ओस्कर वि.क को पनि दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गम्भीर घाइते भएका मालिका गाउँपालिका २ का ३६ बर्षका कमल पुरी, ३२ बर्षीय सुर्य बहादुर थापा, २५ बर्षीया कौशिला थापा र १८ बर्षका नरेन्द्र श्रीसको स्थानी स्वास्थय केन्द्रमा प्राथमीक उपचार पछि जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य ६ जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । त्यस्तै मुसिकोट नगरपालिका १ की ३८ बर्षीय रिमा भटराई, सोहि स्थानका ४० बर्षीय भोज बहादुर भटराई, मालिका गाउँपालिका २ का ३ बर्षीय कृतिमा थापा र ५ बर्षमा जेनिस थापा सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका ५ वस्तुमा जन्मीएका शर्मा २०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वीजयी सांसद हुन् ।अत्यन्तै भद्र र मीलनसार स्वभावका शर्मा जिल्लामा सर्व स्वीकार्य नेता मानीन्थे । शर्मा नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति समेत रहीसकेका छन् ।

वि.सं.२०७५ चैत २८ बिहीवार ११:३१ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...