back
CTIZAN AD

स्याङ्जामा झण्डै हराएको पाँच महिनापछि कङ्काल फेला

वि.सं.२०७५ चैत २८ बिहीवार

546 

shares

२८ चैत, वालिङ ।  हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका-१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको छ ।

गत कात्तिक ६ गते आफूखुशी घरबाट हिँडेका घर्तीको मानसिक अवस्था ठिक नभएको मृतकका दाजु धनसिंह घर्तीले बताए । कङ्कालमा भएको कपडाको हुलियाका आधारमा धनसिंहले पहिचान गरी कङ्काल बुझेर लगेको प्रहरी प्रवक्ता भण्डारीले बताए । ड्यामबहादुर हराएको पाँच दिनपछि धनसिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलियासहित निवेदन दिएका थिए ।

वि.सं.२०७५ चैत २८ बिहीवार १२:२३ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...