back

भारतमा लोकसभाको निर्वाचन शुरु

वि.सं.२०७५ चैत २८ बिहीवार

27 

shares

२८ चैत, नयाँदिल्ली । भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएका तर्फबाट उम्मेदवार हुन् ।

भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ ।

जनमत सर्वेक्षणहरुले ६८ वर्षीय प्रधानमन्त्री मोदीप्रति धेरै मानिसले विश्वास देखाएका छन् । तर यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने सम्भावना पनि देखिएको छ ।

चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ । यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीहरुले स्थानीय विधायक सहित पाँच जनाको हत्या गरेका छन् ।

अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् । खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ ।

भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् । भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । आगामी मे १९ तारिखसम्म जारी रहने सात चरणको चुनावको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ ।

करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो चरणको चुनावमा करिब १४ करोड २० लाखले मतदान गर्नेछन् । पहिलो चरणमा चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशदेखि असाम, उत्तर प्रदेश, जम्मु र काश्मिर तथा तेलाङ्गाना समेतका २२ राज्यका ९० स्थानका लागि चुनाव हुँदैछ ।

यस पटकको चुनावमा आठ करोड ४० लाख नयाँ मतदाता थपिएका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार बिहानै ट्वीट गरी मतदानमा सहभागी हुन आग्रह गरेका छन् । मोदी र उनको भारतीय जनता पार्टी भाजपाले सन् २०१४ को चुनावमा भारी मतका साथ विजयी भएको थियो । भारतमा ३० वर्ष यता पहिलोपटक सन् २०१४ मा एउटै पार्टी भाजपालाई बहुमत प्राप्त भएको थियो ।

वि.सं.२०७५ चैत २८ बिहीवार १२:५९ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...