back
CTIZAN AD

अस्ट्रेलियामा मे १८ मा संसदको चुनाव गरिने घोषणा

वि.सं.२०७५ चैत २८ बिहीवार

516 

shares

२८ चैत, सिड्नी ।  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गरेका छन् ।

यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्षणहरुले देखाएका छन् ।

अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ । मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट मरिसन र लेबर पार्टीका नेता बिल शोर्टेन दुबैको स्वीकार्य दर कम देखिएको छ । दुबै नेताले आमजनतालाई आफूतर्फ आकर्षित गर्न प्रयास गरिरहेका छन् ।

मरिसनले करिब एक वर्षअघि लिबरल पार्टीभित्र विद्रोह गरी प्रधानमन्त्री पदमा पुगेका हुन् । पार्टीका नरमपन्थी र राष्ट्रवादीहरुबीचको विभाजनलाई मत्थर बनाउनु पनि मरिसनका लागि अर्को चुनौती हो । उनले चुनावी प्रचारका क्रममा यो विभाजनलाई रोक्न प्रयास गरेको देखिएको छ ।

“हामी विश्वकै सबैभन्दा राम्रो देशमा बसोबास गरिरहेका छौं,” मरिसनले क्यानबेरामा आयोजित समारोहमा चुनावको घोषणा गर्दै भने, “हाम्रो भविष्य बलियो अर्थतन्त्रमै टिक्नेछ ।”

चुनाव घोषणा नभए पनि अस्ट्रेलियामा चुनावी प्रचार अभियान शुरु भइसकेका छन् । अमेरिकामा झैं हप्तौंदेखि चुनावी विज्ञापनहरु देखिन थालिसकेका थिए ।

गत साता मरिसनको अल्पमतको सरकारले मतदातालाई प्रभावित तुल्याउन कर कटौतीको प्रस्ताव अघि सारेको थियो । लेबर पार्टी विजयी भएमा करका दर बढ्ने र आर्थिक वृद्धि कम हुने प्रधानमन्त्री मरिसन र उनको दलले आरोप लगाउँदै आएको छ ।

वि.सं.२०७५ चैत २८ बिहीवार १३:५४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...