

२८ चैत, लहान । सिरहाको धनगढीमाई नगरपालिका-९ स्थित पञ्चुकाली कुखुरा फार्ममा गए राति आगलगी हुँदा करीब रु सात लाख बराबरको क्षति भएको छ ।
राति करीब १० बजेतिर भएको आगलागीबाट फार्म तथा फार्ममा रहेका कुखुरा, चल्ला र अन्य सामान जलेर नष्ट भएको फार्मका सञ्चालक डेनोक मोक्तानले जानकारी दिए । आगलागी कसरी भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७५ चैत २८ बिहीवार १४:०८ मा प्रकाशित