back

प्रदेश निजामती र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्ड तयार

वि.सं.२०७५ चैत २८ बिहीवार

30 

shares

२८ चैत, काठमाडौ ।  सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर सङ्घमा आउने व्यवस्था गर्न थालेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट सङ्घमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी गराए ।

मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवासम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ । मापदण्डमा प्रदेशभित्रकै स्थानीय तहमा सरुवा हुने, प्रदेशभित्रका मन्त्रालयमा समेत सरुवा हुनेलगायतका व्यवस्था गरिएको छ ।

निमित्त सचिव अधिकारीले ती मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत गराएर प्रदेश र स्थानीय तहमा पठाइने जानकारी गराए । मन्त्रालयले तयार पारेको प्रदेश र स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी मापदण्डका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा सञ्चालन ऐन बनाउने छन् ।

प्रदेश र स्थानीय तहले मापदण्डलाई हुबहु वा परिमार्जन गरेर कर्मचारी सेवासम्बन्धी ऐन बनाउन सक्ने उनले जानकारी गराए । अहिले प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा सर्तसम्बन्धी कानून रहेको छैन ।

वि.सं.२०७५ चैत २८ बिहीवार १४:२६ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...