back
CTIZAN AD

विज्ञान र प्रविधिको क्षेत्रमा खरो उत्रन टेलिकमलाई अध्यक्ष प्रचण्डको सुझाव

वि.सं.२०७५ चैत २८ बिहीवार

624 

shares

२८ चैत, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको क्षेत्रमा आफूलाई खरो उर्तान टेलिकमलाई सुझाव दिएका छन् ।

नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठनको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा सूचना संचारको क्षेत्रमा विश्वले जसरी ठूल्ठूला क्रान्ति गर्दै अगाडि बढेको छ, त्यसरी नै यो क्षेत्रमा प्रतिश्प्रर्धा गरेर अरुलाई परास्त गर्न सक्नुपर्ने उनले बताएका छन् ।
‘तपाइहरु जुन क्षेत्रमा काम गर्नुहुन्छ, विज्ञान र प्रविधिको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंगमा कार्यरत हुनहुुन्छ,’ अध्यक्ष प्रचण्डले कर्मचारीहरुलाई सम्बोधन गर्दै भने, ‘त्यसमा हुने सफलता या असफलता सिंगो राष्ट्रको सफलता र असफलताको मानक हो । तपाइहरुको जिम्मेवारी र यो क्षेत्रको जिम्मेवारी धेरै ठूलो छ ।’

अहिलेको २१ औं शताब्दिको युग ग्लोवलाइजेशनको युग भएकोले संसारभरीका मानिसहरु संसारको कुनै पनि कुनामा पुगेर प्रतिश्पर्धामा खरो उत्रने र आफूलाई सवल सावित गर्ने थुप्रै अवसर, निकै ठुलो जटिलता र चुनौती पनि भएको यो अवस्थामा प्रतिश्पर्धामा खरो उत्रनुका साथै टेलिकमले आफूलाई राष्ट्रहितमा राष्ट्रिय खम्बाको रुपमा उभ्याउनेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष प्रचण्डले दुई अलग–अलग रुपले काम गरेका संगठनहरुलाई एकताबद्ध गर्ने काम राम्रो भएको र त्यो एकतालाई अझ सुदृढ गर्नका लागि निश्चित अवधि भित्र अधिबेशन गर्ने तयारीका साथ गरिएको एकता निकै नै सकारात्मक भएको पनि बताएका थिए ।
उनले समग्र कर्मचारीको हित तथा टेलिकमका बारेमा राखिएका समस्याका बारेमा आफूले गम्भीरताका साथ हेर्ने र मन्त्री, प्रधानमन्त्रीसँग सल्लाह गरेर यसमा सुधारका प्रयत्नहरु गर्ने पनि बताएका थिए ।

अध्यक्ष प्रचण्डले देशमा विभिन्न राजनीतिक परिवर्तन भएपनि वास्तविक जीवनमा जनताले पविरर्तनको अनुभुत गर्ने गरी गति दिन नसकेको बताएका छन् । नीति निर्माणमा पुरातन शैली हावीभएको देखिएकोले प्रगतिमा भन्दा पनि दुर्गतितिर गएको देखिएको समेत बताएका थिए ।

वि.सं.२०७५ चैत २८ बिहीवार १६:३२ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...