back
CTIZAN AD

के हो पव्जी खेल, नेपालमा किन प्रतिबन्ध लगाइयो ?

वि.सं.२०७५ चैत २८ बिहीवार

765 

shares

 

२८ चैत, काठमाडौं । विदेशमा मात्र नभएर नेपालमा पनि बच्चादेखि युवावीच लोकप्रिय बनेको पब्जी खेलमा अन्तत : सरकारले प्रतिबन्ध लगाएको छ ।

संचारमन्त्री गोकुल बास्कोटाको निर्देशनमा विहिबारदेखि प्लेयर रन नोज बेटल ग्राउण्ड ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाइएको हो । पव्जीका कारण भारत लगायतका विभिन्न देशमा युवाहरुको ज्यान समेत जान थालेको र नेपालमा पनि यसको असर देखिएकोले यो खेलमा प्रतिबन्ध लगाइएको संचार मन्त्रालयले जनाएको छ ।

पव्जी खेलका बारेमा विएस्सी अध्ययनरत एक युवा भन्छन् ‘पव्जी बन्द गरेर राम्रै भो । नेपालका लाखौं युवालाई यसले प्रभावित गरिरहेको थियो । कतिको अध्ययनमा असर, मानसिक समस्या तथा भर्चुअल संसारमा रमाउने बानी परेको थियो युवामा ।’

उनका अनुसार अरु पनि त्यस्ता धेरै खेल छन्, जो युवाहरुलाई मुख्य विषयमा ध्यान केन्द्रित हुन दिएको छैन ।

त्यस्तै अर्को युवामा चर्चित भएको खेल ‘फ्रि फायर’ लगायतका खेलहरु पनि बन्द गर्नुपर्ने पनि उनको सुझाव छ ।

के हो पव्जी ?
कोरियामा रहेको ब्लुहोल नामक कम्पनीले २०१७ मा बनाएको थियो पव्जी । उत्पादन गरिएको २ महिनामै उक्त कम्पनीले २ मिलियन सिडि विक्रि गरेको थियो ।

उक्त व्लुहोल कम्पनीले यो खेलको प्रचारका लागि एक रुपैयाँ पनि खर्च नगरेको र यो विना प्रचार संसारभर भाइरल बनेको बताइन्छ । यो खेल विश्वभरीमा दैनिक ८७ मिलियन मानिसहरुले खेल्छन् । जसको २२७ मिलिनय मासिक अनलाइन प्लेयर छन भने मोबाइलबाट १० मिलियनले खेल्छन् ।

पब्जी कम्पनीले एक महिनामा झण्डै १०३ मिलियिन युएस डलर कमाउने गरेको बताइन्छ । यो खेल संसारको चौथो टप खेलको रुपमा रहेको बताइन्छ ।

 

वि.सं.२०७५ चैत २८ बिहीवार १८:५५ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...