
२९ चैत, काठमाडौं । ८५ वर्ष अघि सहिद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफै थला परेको छ । हैजा रोजगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सुरुवा रोग नियन्त्रण अस्पताल हो ।
सबै खालको ज्वरो–जस्तै कालाज्वर, टाइफाइड, फिबर डेंगु, जापनिज इन्सेफ्लाइटिस, एचआएभी जस्ता रोगका लागि यो अस्पताल प्रमुख हो । देशका कुना काप्चाबाट बिरामी रिफर भइर यहाँ आउँछन् । तर, यस्तो महत्वपूर्ण अस्पताललई सरकारले खासै प्राथमिकतामा राखेको छैन ।
अस्पतालमा चिकित्सकहरु नियमित छैनन् भने उपकरण अभावमा गम्भीर रोग लागेका बिरामी निजी अस्पताल जानुपर्ने बाध्यता छ ।
टेकु अस्पतालले २ असोज ०७४ मा वेल हेल्थ केयर प्रालिबाट दुई लाख ६६ हजार रुपैयाँ बराबरको एल्लो फेभर भ्याक्सिन खरिद गरेको थियो । तर, भ्याक्सिनको म्याद जम्मा १७ बैशाख ०७५ सम्म मात्र थियो । अस्पतालले आपूर्तिकर्तासँग गरेको सम्झौता अनुसार खरिद हुने औषधि अरुपतालमा बुझाउँदा कम्तिमा १८ महिनाको म्याद हुनुपर्ने थियो । तर, आठ महिना मत्रै म्याद बाँकी रहेको औषधि अस्पतालले स्विकार गरेको छ । शुक्रबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:३९ मा प्रकाशित