back
CTIZAN AD

फेवा नव वर्ष महोत्सवको तयारी पूरा, २२ नेपाली खानको ब्यवस्था

वि.सं.२०७५ चैत २९ शुक्रवार

615 

shares

२९ चैत, पोखरा । नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उनका अनुसार महोत्सवमा कूल २२ नेपाली खानाको व्यवस्था रहनेछ ।

महोत्सवमा पर्यटक र अन्य आगन्तुक गरी कूल एक लाखले सहभागिता जनाउने बताउँदै उनले उक्त अवसरमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजनास्थलमा चैत ३० गते भ्रमण वर्षको शुभारम्भ गरिने जानकारी दिए । स्थानीय विभिन्न सङ्घसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको जानकारी दिँदै उनले भ्रमण वर्षको शुभारम्भले पोखरालाई पर्यटकीय राजधानी बनाउने अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको बताए । उनले गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउनसमेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको जानकारी गराए ।

एक करोडको सहयोग

गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई रु एक करोडको आर्थिक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पीडित परिवारका लागि विपत व्यवस्थापन कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी गराए ।

उक्त सहयोग रकम प्रदेश नं २ को सरकारको खातामा जम्मा गरिने र सो रकमबाट पीडित परिवारको आवास निर्माणमा खर्च हुने उनले बताए । प्रदेश नं २ को बारा–पर्सा जिल्लामा चैत १७ गतेको हावाहुरीबाट ठूलो परिमाणमा जनधनको क्षति भएको थियो ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ११:०६ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...