back

जबर्जस्ती करणी गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ

वि.सं.२०७५ चैत २९ शुक्रवार

75 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner
फाइल:फोटो

२९ चैत, काठमाडौ । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो ।

उनले आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् । नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले आज तीनदिने नवजात शिशुको उद्धार गरेको छ । भरतपुर महानगरपालिका–२९ अनमोल होटल अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको उद्धार गरिएको हो ।

कपडामा बेरेर राखेको अवस्थामा भेटिएको नवजात शिशुको उद्धारपछि उपचारका लागि पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा छाड्ने आमाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १७:५८ मा प्रकाशित

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्ति’ सम्मेलन पोखरामा हुँदै

‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्ति’ सम्मेलन पोखरामा हुँदै

गण्डकी । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र गण्डकी...

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा...

एक लाख ५८ हजारभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

एक लाख ५८ हजारभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

काठमाडौँ । सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा...

बाह्रबिसेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

बाह्रबिसेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आज जिप दुर्घटना हुँदा दुई जनाको...

विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग दुई विकेटले पराजित

विश्वकप क्रिकेट लिग दुई : नेपाल नामिबियासँग दुई विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स...