back
CTIZAN AD

कोरियामा कार्यरत एक नेपालली युवाको मृत्यु

वि.सं.२०७५ चैत ३० शनिवार

486 

shares

कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ । कोरियाको थाङजीन हाप्दोक स्थित एक कम्पनीमा कार्यरत काठमाडौंका ध्रुव भण्डारीको हृदयघातका कारण अप्रिल ११ का दिन मृत्यु भएको हो ।

विगत ८ वर्ष देखि कोरियामा काम गर्दै आएका भण्डारी कोठामा आराम गरिरहेका बेला अचेत अवस्थामा भेटेर दाङगुक युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले संसारन्युजलाई बताएकी छन् ।

कोरियामा अवैध रुपमा बस्दै आएका उनको उपचार खर्च धेरै नै देखिएको छ भने भण्डारीको शबलाई नेपाल पठाउन परिवारले गरेको अनुरोधलाई स्वीकार गर्दै उनको शव नेपाल पठाउनका लागि आर्थिक सहयोग गरिदिन पनि अध्यक्ष गुरुङले कोरियाका नेपाली समक्ष अध्यक्ष गरेकी छन् ।

‘उनको शव अस्पतालमै छ । जति दिन अस्पतालमा राख्यो त्यति खर्च बढ्दै जान्छ ।’ अध्यक्ष गुरुङले भनिन् ।

वि.सं.२०७५ चैत ३० शनिवार ०७:४९ मा प्रकाशित