
३० चैत, काठमाडौ । घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री दिने निर्णय गत असोजमा भएको थियो ।
करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धासमेत दायर गरिसकेको छ । लेनदेनको मुद्धा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौ अधिकृतमध्ये उत्कृष्ट रहेको भन्दे गृह मन्त्रालयले उनलाई विभूषण सुशोभन गर्ने कार्यक्रम छ । विभिन्न क्षेत्रका तीन सय ४३ जनालाई राष्ट्रपतिले विभूषित गर्दै छिन् । शुक्रबारको नयाँ पत्रिका दैनिक बाट ।
वि.सं.२०७५ चैत ३० शनिवार ०८:०० मा प्रकाशित






























