back

मिर्गौलापीडितलाई उपचार सहयोग

वि.सं.२०७५ चैत ३० शनिवार

30 

shares

३० चैत, लम्की ।  कैलाली टीकापुर-१ का मिर्गौलापीडित ११ वर्षीया दुर्गा साउदको उपचारका लागि योग साधना केन्द्रले रु ५३ हजार सहयोग गरेको छ ।

पतञ्जली योग नगर समिति टीकापुरद्वारा सञ्चालित सो केन्द्रमा आयोजित एक कार्यक्रमका बीच पीडितकी आमा झुप्री साउदलाई शुक्रबार सो रकम हस्तान्तरण गरिएको हो ।

केन्द्रका संयोजक कल्पना जैशीले भने, “योगका साथै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मानवीय सेवा गर्नुपर्छ भन्ने भावनासाथ सबैतिरबाट सहयोग सङ्कलन गरेर सो रकम हस्तान्तरण गरेका हौँ ।” उनले भने, “सबैको सहयोग रहेमा बालिकाको ज्यान बचाउन सकिन्छ ।”

टीकापुरस्थित आरएमई स्कूलमा कक्षा ७ मा अध्ययनरत बालिका दुर्गाको उपचार काठमाडौँस्थित शिक्षण अस्पतालमा भइरहेको उनकी आमा झुप्रीले बताए ।

वक्यौता उठ्न बा“की

लामो समयदेखि ग्राहकले टेलिफोन महसुल नतिर्दा नेपाल टेलिकम दूरसञ्चार कार्यालय टीकापुरलाई रु २० लाख ४६ हजार वक्यौता रकम उठाउन बा“की रहेको छ ।

दूरसञ्चार कार्यालय टीकापुरबाट वितरण गरिएका ५७७ ल्याण्डलाइनको सो रकम वक्यौता उठाउन बाँकी रहेको टीकापुुर शाखाले जनाएको छ ।

टीकापुर कार्यालयबाट वितरण गरिएका एक हजार ३२० ल्याण्डलाइनमध्ये ५७७ को वक्यौता तिर्न बाँकी रहेकाले त्यसको लाइन काटिएका छन् । सो सेवा प्रयोग गर्ने सेवाग्राहीहरुबाट रु १०० देखि ८७ हजारसम्म बक्यौता रकम असुल गर्नुपर्ने कार्यालयले जनाएको छ ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरी वक्यौता रकम नतिर्ने ग्राहकको पहिले तीनपुस्ते नामावली प्रकाशित गरिने र त्यसपछि ती व्यक्तिका नाममा रहेका मोबाइल पनि बन्द गर्न सक्ने कानूनी प्रावधान रहेको टेलिकमले जनाएको छ ।

वि.सं.२०७५ चैत ३० शनिवार ०८:५१ मा प्रकाशित

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

गलकोट(बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा...

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...