back
CTIZAN AD

मिर्गौलापीडितलाई उपचार सहयोग

वि.सं.२०७५ चैत ३० शनिवार

636 

shares

३० चैत, लम्की ।  कैलाली टीकापुर-१ का मिर्गौलापीडित ११ वर्षीया दुर्गा साउदको उपचारका लागि योग साधना केन्द्रले रु ५३ हजार सहयोग गरेको छ ।

पतञ्जली योग नगर समिति टीकापुरद्वारा सञ्चालित सो केन्द्रमा आयोजित एक कार्यक्रमका बीच पीडितकी आमा झुप्री साउदलाई शुक्रबार सो रकम हस्तान्तरण गरिएको हो ।

केन्द्रका संयोजक कल्पना जैशीले भने, “योगका साथै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मानवीय सेवा गर्नुपर्छ भन्ने भावनासाथ सबैतिरबाट सहयोग सङ्कलन गरेर सो रकम हस्तान्तरण गरेका हौँ ।” उनले भने, “सबैको सहयोग रहेमा बालिकाको ज्यान बचाउन सकिन्छ ।”

टीकापुरस्थित आरएमई स्कूलमा कक्षा ७ मा अध्ययनरत बालिका दुर्गाको उपचार काठमाडौँस्थित शिक्षण अस्पतालमा भइरहेको उनकी आमा झुप्रीले बताए ।

वक्यौता उठ्न बा“की

लामो समयदेखि ग्राहकले टेलिफोन महसुल नतिर्दा नेपाल टेलिकम दूरसञ्चार कार्यालय टीकापुरलाई रु २० लाख ४६ हजार वक्यौता रकम उठाउन बा“की रहेको छ ।

दूरसञ्चार कार्यालय टीकापुरबाट वितरण गरिएका ५७७ ल्याण्डलाइनको सो रकम वक्यौता उठाउन बाँकी रहेको टीकापुुर शाखाले जनाएको छ ।

टीकापुर कार्यालयबाट वितरण गरिएका एक हजार ३२० ल्याण्डलाइनमध्ये ५७७ को वक्यौता तिर्न बाँकी रहेकाले त्यसको लाइन काटिएका छन् । सो सेवा प्रयोग गर्ने सेवाग्राहीहरुबाट रु १०० देखि ८७ हजारसम्म बक्यौता रकम असुल गर्नुपर्ने कार्यालयले जनाएको छ ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरी वक्यौता रकम नतिर्ने ग्राहकको पहिले तीनपुस्ते नामावली प्रकाशित गरिने र त्यसपछि ती व्यक्तिका नाममा रहेका मोबाइल पनि बन्द गर्न सक्ने कानूनी प्रावधान रहेको टेलिकमले जनाएको छ ।

वि.सं.२०७५ चैत ३० शनिवार ०८:५१ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...