back

फ्रान्सका लागि नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

वि.सं.२०७५ चैत ३० शनिवार

180 

shares
RBB AD
NTC AD

३० चैत, काठमाडौ ।  गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

प्यारिसस्थित इलिस प्रासादमा शुक्रबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत अधिकारीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट फ्रान्सेली राष्ट्रपतिको सुख, सुस्वास्थ्यका साथै फ्रान्सका जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

राष्ट्रपति म्याक्रोले फ्रान्स र नेपालबीचको सम्बन्ध प्रगाढ हुँदै गएकामा हर्ष प्रकट गर्दै राष्ट्रपति भण्डारीद्वारा आफू र फ्रान्सेली जनताप्रति सद्भावका निम्ति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको प्यारिसस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत अधिकारीले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा प्यारिस र काठमाडौँमा यो वर्ष विविध कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए ।

वि.सं.२०७५ चैत ३० शनिवार ०९:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक...

राष्ट्रपति पौडेल बर्लिनमा

राष्ट्रपति पौडेल बर्लिनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेश्को रु ३८ अर्ब ९६ करोड विनियोजन, यी हुन प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का...

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...