back
CTIZAN AD

असहाय र विपन्न परिवारलाई स्वास्थ्य बीमा

वि.सं.२०७५ चैत ३० शनिवार

705 

shares

३० चैत, पोखरा ।  पोखरा महानगरपालिका–१ ले वडाका विपन्न र असहाय परिवारलार्ई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ ।

विपन्न, असक्त र असहाय नागरिकको स्वास्थ्य बीमाका लागि विनियोजन गरेको रु एक लाखबाट वडाभित्रका ४० घरपरिवारलाई रु दुई हजार ५०० का दरले स्वास्थ्य बीमा गरिएको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अनुसार सम्पन्न स्तरीकणका आधारमा स्वास्थ्य बीमा गरेर कार्ड वितरण गरेको वडाध्यक्ष शारदाकुमारी पराजुलीले जानकारी दिए । एक जनाको कार्डबाट सरकारले परिवारका पाँच जना सदस्यलाई रु ५० हजार बराबरको स्वास्थ्य उपचारको व्यवस्था गरिएकोे बताउँदै उनले बीमा कार्यक्रमबाट वडाका २०० जना लाभान्वित हुने जानकारी दिए ।

पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार यहाँ आयोजित एक कार्यक्रमका बीच कार्ड वितरण गर्दै महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको जानकारी दिनुभयो । प्रमुख आवश्यकता गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी रहेको उल्लेख गर्दै उहाँले त्यसअनुरुप प्राथमिकताका साथ आवश्यक ऐन कानून निर्माणमा जोड दिएको बताए ।

नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसमेत सञ्चालनमा ल्याएको जानकारी दिँदै उपप्रमुख गुरुङले बिरामी भएपछि मात्रै उपचार गर्नेभन्दा नियमित स्वास्थ्य परीक्षण गरेर रोग लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको बताउँदै कास्की जिल्लामा एक लाख तीन हजारले स्वास्थ्य बीमा गराएको जानकारी दिए ।

वि.सं.२०७५ चैत ३० शनिवार ०९:३० मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...