
एकताबद्ध साहित्य माला गएका गाँसेर
त्यसैले हाम्रो संस्कृति भन्न पा’काछौँ हाँसेर
सत्मार्ग बन्यो जनका मन आस्थामा जगाए
साहित्य घर त्यसको ‘चर’ उनैले लगाए
निश्चल गंगा भएर बगे सुन्दर मन जो
उनैले दिए गोरेटो एक नेपालीपनको
महल कुटी समान देख्ने असाध्यै ऊ ज्ञानी
भोक र प्यास दुखाई पीडा पटक्कै नभनि
सिकाए पुस्ता असल बनुन् सशक्त ती बनुन्
निरन्तर काँडा पन्छाई यात्रा लक्षित नै गरूँन्
बोकेर ध्येय चम्किए तारा ध्रुवीय जसरी
नरहे भानु नेपाली शीर चुलिन्थ्यो कसरी
समाजभित्र अनेक पात्र टपक्क टिपेर
सरस भरि पस्कन्थे उनी साहित्य खिपेर
हिजोले पढ्यो आजले पढ्छ भोलिले पढ्नेछ
साहित्य साँच्चै भानुकै मार्ग अगाडि बढ्नेछ
हृदय खुसी भानुको नाम सम्झने बित्तिकै
शताब्दी दुई नाघे’नी कृति सार्थक उत्तिकै
सर्वदा पूज्यभूमि हो सम्झौँ त्यो रम्घा तनहुँ
भानुले सदासम्मान पाउन म रहूँ या नरहूँ ।
भद्रपुर नगरपालिका–३, भिमनगर झापा
वि.सं.२०७५ चैत ३० शनिवार १०:१६ मा प्रकाशित