back
CTIZAN AD

अवकाशको पीडा

वि.सं.२०७५ चैत ३० शनिवार

579 

shares

एउटा कलकलाउँदो
बैंशालु यौवन
समेटेर आँचलभरी
जोश र हौसला
समेटेर मनभरी
तेइस वर्षीया युवती
उत्साह र उमंग लिएर
निस्केथ्यो घरबाट
जागीर खान भनी ।

आज फर्केको छ घर
जीवनको सम्पूर्ण
मधुमाश लुटाएर
आज आई थकाई मेट्दैछे
अविराम संघर्षको ।

अथाह
समय चिप्लेर गएपछि
अमूल्य
समय बितेर गएपछि
बल्ल पो थाहा पाएकी छे
बल्ल पो थाहा पाएकी छे…….
अन्तिम बेंचमा बस्ने
विद्यार्थीको साउती
सुन्ने श्रवण शक्ति
रहेन अब उसमा ।

कोशौं टाढामा
एउटै यूनिफर्ममा
आफ्ना प्यारा छात्रलाई
ठम्याउन सक्ने
दृष्टि शक्ति
कहाँ रह्यो र अब ?
स्वर मात्र सुनेर
चिन्न सक्ने
उनको विद्यार्थीलाई
स्मरण शक्ति
कहाँ रह्यो र अब ?
¥याकेट र बास्केटबल
उफ्रिउफ्रि खेल्ने
शक्ति नै कहाँ रह्यो र अब ?

लुटाएर सम्पूर्णता अब
पाएकी छे उपाधी
अवकाश प्राप्त जीवनको
अब पचाउन नसक्ने भयो
खाएको भनी
मात्र आधा मासिक भत्ता
अब खट्न सक्दैनौ भनी
तमाम एकलासपन र शुन्यता ।

वृद्ध शरीरको जोहो गर्न
खर्च अझ बढ़ी
लाग्ने कुराको
के थाहा तिमीलाई
लर्खराएको पाइला
सम्हाल्नलाई
माता लक्ष्मी नै
अघि आउनुपर्ने
‘कटु सत्य’ को
के ज्ञात तिमीलाई ।

हा ! जीवन दुख्दा
अथाह पीडाले
एक्लै आँशु पिउनुपर्ने
कोलाहलहरू माझमा पनि
एक्लै जीउनुपर्ने
कटु सत्य रहेछ अवकाश ।
अझ नोकरी कुनै प्राइभेट स्कुलको भए शून्य निवृत्तिभरण हुन्छ ।

वि.सं.२०७५ चैत ३० शनिवार ११:०६ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...