back
CTIZAN AD

नयाँ वर्षमा मुख्यमन्त्रीहरुको शुभकामना सन्देश

वि.सं.२०७६ वैशाख १ आइतवार

3.2K 

shares

१ वैशाख, काठमाडौ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

प्रदेश नं १ का मुख्यमन्त्री राईले जारी गरेका शुभकामना सन्देशमा भनेका छन्, “नयाँ वर्षको आगमनसँगै मुलुकमा शान्ति, स्थिरता, सुशासनका साथै समद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यतर्फ अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सक्ने छ ।”

त्यसैगरी प्रदेश ३ का मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको जनाएका छन् । “प्रदेश सरकार प्रदेश भित्रका राजनीतिक, मानवीय, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतसाधनको पहिचान र उपयुक्त तरिकाले परिचालन गरी लक्षित दीर्घकालीन सोच “स्वस्थ सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् । यसका लागि प्रदेशवासी नागरिकहरुको सकारात्मक सोच र रचनात्मक सहयोग, उत्साहजनक सहभागिता र स्वस्थ आलोचनाको अपेक्षा गरेको छु सन्देशमा उल्लेख छ ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद विकास र समृद्धिका लागि जग निर्माणको महत्वपूर्ण वर्षका रूपमा व्यतित भएको र कानूनी र संरचनागत जग बलियो र मजबुत भएकाले समृद्धिका धेरै महत्वपूर्ण इँटाहरु थप्न नयाँ वर्ष २०७६ मा सफल हुनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:५९ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...