Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

उपत्यकाका मिठाइ पसलमा अखाद्य वस्तु, मिठाइ खाँदा ध्यान दिनुहोस्



३ बैशाख, काठमाडौ । उपत्यकामा सन्चालित अधिकांश मिठाई पसलमा बिक्रीका लागि राखिएका मिठाइजन्य वस्तु खान अयोग्य भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती खाद्य प्रयोगशालामार्फत उपत्यकाका विभिन्न ठाउँका मिठाई पसलमा गरेको अनुगमन तथा परीक्षणका क्रममा मिठाईमा अखाद्य मिसावट भेटिएको हो ।

विभागले गरेको अनुगमनका क्रममा अधिकांश मिठाई तथा खाना पसलमा एकपटक प्रयोग गरिसकेको तेल पुन प्रयोग गर्ने गरेको मिठाईमा मापदण्ड विपरीत रङ मिसाउने गरेको तथा भान्सा फोहोर रहेको पाइएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले केही दिनयता मिठाई पसलहरुको अनुगमनलाई तीव्र पारिएको र अधिकांशमा कैफियत भेटिएकाले त्यस्ता पसलको कारोबार बन्द गरिएको जानकारी दिनुभयो । मंगलबारको गोरखापत्र दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।