Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

परिवर्तनको लागि विवेकशीलता



आज नेपालमा जे जति पनि विकृति र विसंगतिहरू छन् ती सबैको जड हामी नागरिकमा अझै पलाई नसकेको उच्च विवेकशीलता नै हो अर्थात् lack of norms of strong civic sense हो । यस्को पछाडि देशको शैक्षिक आर्थिक अवस्था एवम् केही परम्परागत नकारात्मक मान्यताको तुवाँलोले पनि प्रभाव पारेको छ । पदीय, जातीय र धनको आडम्बरयुक्त प्रवृतिले पनि हामी हाम्रो स्वविवेकलाई सामाजिक सुधारको लागि प्रयोग गर्न असमर्थ भएका छौँ । देश अहिले राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक रूपमा मात्र अतिक्रमित भएको छैन देशबाट बौद्धिक पुँजी स्खलित हुने र भूभाग संकुचित हुने नियति व्यहोर्न समेत बाध्य भएको छ । हामी आफ्नै देशभित्र अपरिचित आफ्नै धर्म संस्कृति अतिक्रमित भएको हुँदा निरीह भएर बस्नु परेको छ । आफ्नो देशको नीति नियम र विधान बनाउन हामी नागरिकलाई असक्षम ठह¥याउन देशको अपरिचित छायाले प्रभाव पार्न थालेको छ । हाम्रो मौलिक अस्तित्व ,स्वाभिमान ,स्वतन्त्रता धुमिल हँुदै गएको छ । कहिले छिमेकी वा विदेशीलाई दोष दिन्छौँ त कहिले आफ्नै नेताहरू लाई गाली गर्छौँ तर त्यस पछाडिको मुख्य कारक तत्व हामी स्वयम् नै हौँ भत्रे कुरो भने चटक्कै बिर्सन्छौँ । हामीलाई आफ्नो अधिकारको बारेमा थाहा छ, संघर्ष गर्छौँ प्राप्त गर्छौँ तर कर्तव्य वा उत्तरदायित्व वा अर्को शब्दमा समाज र राष्ट्रप्रतिको जिम्मेवारीप्रति विमुख छौँ । कोही अनभिज्ञ छौँ कोही बुझपचाइरहेछौँ । अरूको आलोचना गर्नु वा अरूलाई दोष दिनु वा अरूको दोष देख्नु सजिलो काम हो, हामी आम नागरिक वा नेता गण यही सजिलो काम गरेर समाज र देश बनाउने वा परिवर्तन गर्ने महत्वपूर्ण समय र उर्जा खेर फ्याँकिरहेका छौँ । जसको क्षतिपूर्ति निक्कै महँगो साबित हुँदै गएको छ ।

जसले आफै (नागरिक) र देशको विरुद्ध घातक काम गरेको छ उसलाई दण्डित गर्नु, सामाजिक मर्यादामा बहिष्कार गर्नुको बदलामा ससम्मान इज्जत गर्छौँ, स्थान दिन्छौँ अनि भन्छौँ अनियमितता भयो, भ्रष्टाचार बढ्यो ।

जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशील आदर्श नागरिकको उदाहरण हुनु हो । यही नै एउटा सभ्य समाजको उदाहरण पनि हो ।

नेपाल विगत ७ दशकदेखि अझै विश्वव्यापी मान्यता अनुरूपको राजनीतिक पद्धति स्थापना गर्न संघर्षरत छ तर दुखद अनुभव के भयो भने यहाँ पद्धति बदलियो प्रवृत्ति बदलिएन । हाम्रो मालिक र दास वा सामन्ती र दास मानसिकता बदलिएन । हाम्रो केही रुढीवादी सोच राजा–मालिक, नोकर–दास जस्ता शब्दहरू बदलिएर “समान मानवीय मूल्य र मान्यता” को मर्मलाई व्यवहारमा कार्यान्वन गर्ने अभ्यास हुन सकेन । वा अझ भनौँ अझै पनि प्रत्येक नागरिकभित्र जंगेपन जिउँदो छ अनि दास मानसिकता पनि जिउँदो छ । त्यसैले आफ्नो अनुकूलताको लागि दास मानसिकता प्रस्ट्याउने गरी ढोका चहार्न पुगी हाल्छौँ प्रभावशाली व्यक्तित्वलाई कोसेली लिएर चाकरी गर्न पुगी हाल्छौँ । अब त कोसेली नगद र टेन्डरमा परिवर्तित भइसकेको छ । जसलाई घुस भनिन्छ भने अर्कोतर्फ पहँुचमा पुग्दा आफुलाई सर्वशक्तिमान् ठात्रे, नियम कानुन तोड्ने र चाकरीबाजहरूको इच्छा पूरा गरिदिने राजसी प्रवृत्ति वा चलन अझै जिउँदो छ । यस्तो मानसिकता रहुन्जेल कानुनी राज वा सुशासनको अवधारणा वा मर्मलाई कार्यान्वयन गर्न सकिदैन । प्रत्येक नागरिकले राज्य संयन्त्रमा कानुनको पालना गर्ने र पारदर्शिता गर्ने गराउने कार्यमा सहयोगी भूमिका खेल्नु पर्छ भत्रे विवेकशीलताले काम गर्नु अनिवार्य हुन्छ ।

राज्य मात्रले होइन प्रत्येक नागरिकले पनि जात धर्म, वर्ण, क्षेत्र, लिङ्ग, वृद्ध, रोगी, गरिब, दुखी आदिको बीचमा विभेद देख्ने मानसिकता त्याग्नु पर्छ । समाज समान मानवीय मूल्य र मान्यताको मर्मलाई कार्यान्वयन भएको हुनुपर्नेछ । राज्य वा समाजबाट प्रत्येक नागरिकले आ–आफ्नो योग्यता, क्षमता र इच्छा अनुसार निष्पक्ष रूपमा पारदर्शी व्यवहार गर्नु गराउनु अनिवार्य हुन्छ । तर हाम्रो समाज यस्तो सौभाग्यपूर्ण वातावरणबाट अझै वञ्चित छ । समाजको विकृति र विसंगति हटाउन विश्वव्यापी मान्यता अनुरूपको व्यवहार हाम्रो समाजमा पनि कार्यान्वयन भएको हुनुपर्छ । यसको लागि खास गरी नागरिकमा चेतना वा विवेकशीलताले स्थान पाउनु अनिवार्य हुन्छ । नागरिकले आफ्नो अधिकारको प्रयोगसँगै अर्कोको अधिकारको पनि सुरक्षा गर्न सक्ने योग्य नागरिक भनेर आफुलाई प्रमाणित गरोस् । समाज परिवर्तनको आभास दिलाउन यस्तो विवेकशील नागरिकको अनिवार्यता हुन्छ ।

प्रत्येक नागरिकमा म यो समाज वा देशको एक जिम्मेवार नागरिक हूँ भत्रे भावना विकास हुनु परेको छ । के सडक फोहोर हुनुमा म, हामी वा समस्त नागरिकले जिम्मेवारी लिनु पर्दैन ? सडक फोहोर गर्ने हामी हौँ कि नगरपालिका वा राज्य ? के भ्रष्टाचार र अनियमितता बढ्नुमा हामी नागरिक जिम्मेवार छैनौँ ? के ढोके प्रवृत्ति वा मानसिकता त्यागेर नागरिक सर्वोच्चता कायम गर्दै नीति नियम अनि आफ्नो योग्यता, क्षमता र समय अनुकूल मात्र हामीले अपेक्षा गरेको उपलब्धि हासिल गर्न सकिन्छ भत्रे सत्यता महसुस गरी राज्य वा राज्य संयन्त्रलाई “हाम्रो होइन राम्रो खोज्न” ढोका खुल्ला छोड्न हामी सक्षम भएका छाँै ? हामी अरूले बजाएको कार र मोटरसाइकल को हर्नलाई मन पराउँदैनौँ त के हामीले हर्न बजाउन छोडेका छौँ ? अरूले नीति नियम तोड्यो वा नियममा बसेंन भन्छौँ, के हामीले नीति नियमलाई पूरा गर्नुपर्ने अनुशासन, धैर्यता, इमान्दारिता अनि पारदर्शितालाई व्यवहार मा कार्यान्वयन गरेका छौँ ? हाम्रो देशमा जो पढे– लेखेका, बुझेका ठुलो पदका छन् उनीहरू नै नीति नियम तोड्दै हिँड्छन् यो कस्तो विडम्बना ? जो अनुकरणीय बत्रु पर्ने हो ऊ नै अनुशासनमा बस्दैन भने अरूबाट के अपेक्षा गर्ने वा अरूलाई के सिकाउने ? विकृति र कुण्ठा यसरी नै बढ्ने हो । जसले आम नागरिकलाई नीति नियम पालना गर्न प्रेरित गर्न अनुकरणीय बत्रु पर्ने थियो वा हुन्छ त्यस्ता व्यक्तित्वहरू नै आफुलाई समाजको अलग्गै र विशेषाधिकार प्राप्त हौँ जस्तो मानसिकता बोकी समान मानवीय मूल्य र मान्यताको मर्म अनि अधिकार र स्थानको मान्यतामाथि प्रहार गरेर विशेष अग्रता विशेष स्थान वा मान्यताको श्रेणीमा राखेर आडम्बर देखाइरहेको अवस्थामा बाँकीले पनि सक्दो वा पहुँच अनुसारको वा आ–आफ्नो क्षमता अनुसार नीति नियम तोड्ने वा समानुपातिक व्यवहारको लागि संघर्ष गर्ने अवस्था अझै छ ।

समानता र समान अधिकारका गहन विषयमा धेरै बहस चलेको भए तापनि व्यवहारमा लागु भएको छैन । केही उदाहरण हेरौँ – हाम्रो समाज का प्रा.डा.को शैक्षिक योग्यता भएका वा ठुलो पदमा पुगेका वा पूर्व प्रशासक, सेना–प्रहरीका अधिकारीहरू सहज रूपमा सार्वजनिक यातायातको प्रयोग गर्नु आफ्नो स्तर झर्नु हो भत्रे मानसिकता राख्दछन् वा अरू सर्वसाधारणको भन्दा अलग्गै शान र सुविधा हुनै पर्ने आडम्बरी मानसिकता राख्दछन् जब कि सभ्य समाजमा त्यस्तो कुनै सोच नै हुँदैन र सबैले सबैलाई समान रूपले आदर इज्जत गर्ने गर्दछन् । आफ्नो पद पैसा वा कथित जातीय ठुलो वर्गको मानसिकता शिरमा बोकी आडम्बरको आभूषण प्रयोग गरी अरू वा सर्वसाधारणभन्दा फरक र ठुलो ठात्रे वा भनाउने प्रवृति अझै छ । हाम्रो समाज अझै भ्रष्टाचारीलाई फूलमाला लगाई दिदै जयजयकार गर्न लाज मान्दैन उल्टो भ्रष्टाचार वा अनिमियता गर्नसक्नु नै विद्वता, क्षमता, खुबी वा सफलता हो भत्रे सामाजिक मान्यता पाउँदै आएको छ । जसले आफै (नागरिक) र देशको विरुद्ध घातक काम गरेको छ उसलाई दण्डित गर्नु, सामाजिक मर्यादामा बहिष्कार गर्नुको बदलामा ससम्मान इज्जत गर्छौँ, स्थान दिन्छौँ अनि भन्छौँ अनियमितता भयो, भ्रष्टाचार बढ्यो । यसो हुनुमा हामी स्वयम् कारण होइनौँ ? अनि यी सबै विकृति र विसंगतिको कारक तत्व हामी होइनौँ ? भ्रष्टाचारी होस् वा इमान्दार जोसुकै होस् आफ्नो काम छोडेर राज्य सत्तामा पहँुचवालाको ढोका कुर्न जानु, जयजयकार गर्दै अगाडि–पछाडि दौडिनु हाम्रो दरिद्र मानसिकता हो .र जहाँ हामी प्रत्येक व्यक्तिको समान अधिकार र अवसरको अवधारणालाई कार्यान्वयन गर्ने कुरो गर्छौँ, त्यहाँ ढोके प्रवृत्ति अवरोध हुन पुग्दछ ।

NORMS OF STRONG CIVIC SENSE अर्थात् नागरिक आचार संहिताको कुरो गर्दा एउटा समाज र देशप्रति जिम्मेवार नागरिक भनेको उसको कारणले अरू कसैलाई दुख–पीडा, नोक्सानी नहोस् बरु निस्वार्थ सेवा गर्ने मौका मिलोस् भत्रे भावना नागरिकमा होस् भत्रे हो । सृष्टिकर्ताले मानिसलाई दया, करुणा, सेवाको भाव भएको संवेदनशील प्राणी वा आफ्नो प्रतिनिधिको रूपमा बनाएका हुन् तसर्थ जहाँ आवश्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क–बितर्क, बिना आफ्नो पराईको परिचय, बिना फाइदा–बेफाइदाको हिसाब, बिना सुविधा–असुविधाको बहाना दयाभाव देखाइहाल्नुपर्छ सहयोगको हात बढाइहाल्नुपर्छ । जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशील आदर्श नागरिकको उदाहरण हुनु हो । यही नै एउटा सभ्य समाजको उदाहरण पनि हो । महामानव गौतम बुद्धको दिव्य उपदेशमा उल्लेख भएझैँ प्रेम, दया, करुणा, त्याग, मधुर बोली, क्षमालाई व्यवहारमा कार्यान्वयन गरेमा हामी पनि अन्य सभ्य कहलिएका मानवभन्दा कम विवेकी, धैर्यवान्, अनुशासित छैनौँ भन्ने देखाउन सक्छौँ ।

हामी आफुलाईभन्दा बढी अरूलाई हेर्छौँ । म के हूँ को हूँ, मेरो क्षमता, योग्यता के हो र म आफ्नो क्षमतामा आफै के गर्न सक्छु ? भनेर सोच्नेभन्दा कसले के ग¥यो, कसरी ग¥यो, कति कमायो भत्रेतिर सरोकार राख्छौँ । आफ्नो योग्यता र क्षमतालाई बिर्सेर मैले यो काम गर्दा उसले के भन्ला ? आफन्तले के भन्लान् ? जस्ता भ्रमपूर्ण सोचमा रुमलिन्छौँ अनि आफ्नो योग्यता र क्षमताभन्दा बाहिर गएर अर्कोसित कमाउने प्रतिस्पर्धा गर्ने, आडम्बर देखाउने, अनियमितता गर्ने, भ्रष्टाचार गर्ने गराउने, झुठ बेइमानी धुत्र्याइँको खेती गर्न थाल्दछाँै । जब समाजका सबै नागरिकको मानसिकता उस्तै हुन्छ अनि देशको विकृति र विसंगति कसरी अन्त हुन्छ ?

समाज परिवर्तनको लागि छटपटिएका हामी नेपाली नागरिकले नेताको मुख ताक्नुपर्दैन, सरकारको भर पर्नुपर्दैन, विदेशीको सहयोग र सल्लाह जरुरी पर्दैन, पद्धति पनि परिवर्तन गर्नुपर्दैन मात्र प्रत्येक नागरिकमा खास गरी शिक्षित वर्गले म राष्ट्रको एक जिम्मेवार नागरिक हूँ, म यो समाजको अनुकरणीय व्यक्तित्व बत्रुपर्छ, मैले मेरो सामाजिक दायित्व पूरा गर्नुपर्छ भन्ने भावना बोकेर पदीय आडम्बर, शैक्षिक आडम्बर, कथित ठुलो जातीय आडम्बर अनि सम्पतिको आडम्बरलाई त्यागी सबैले सबैलाई अभिवादन, आदर–सम्मान गर्नुपर्छ भत्रे उच्च मानवीय सोच र मान्यतालाई कार्यान्वयन गर्ने गराउने काम मेरो हो हाम्रो हो भनेर व्यवहारमा देखाइदिए पुग्छ । श्रम पूजा हो र श्रमिक पूजारी हुन् । सबैले सबै प्रकारको काम गर्न हुन्छ गर्नुपर्छ, कामले कोही सानो ठुलो हुँदैन, जातले कोही सानो ठुलो हँुदैन भत्रे विवेकशील नागरिकको उत्पादन गर्ने गराउने कामको आधारमा कसैले कसैलाई विभेद वा हेला गर्नुहुत्र भत्रे मान्यता स्थापित गर्ने गराउने काम हाम्रो र प्रत्येक नागरिकको हो भनेर व्यवहारले नै सन्देश दिनुपर्छ । ब्रह्माण्डका सृष्टिकर्ताले त एउटै सूर्य एउटै चन्द्र अनि सबैलाई बराबर समय अनि सबै प्राणीमा एउटा रंगको रगत प्रदान गरेर समानताको उदाहरण दिएका छन् भने हामीलाई जात, धर्म, लिङ्ग, वर्ण, बृद्ध, रोगी, गरिब–धनी, मजदुर–मालिक, राजा–प्रजाको नाममा मानवीय विभेद गर्ने अधिकार कसले दिएको छ र ? .सबैको उचित सम्मान र आदर हुनुपर्छ । सबैले सबैप्रति सद्भाव राख्नुपर्छ, सहयोग गर्नुपर्छ, अरूको भाग खोस्नुहुत्र, प्रेम गर्नुपर्छ, दया–करुणा–स्नेह देखाउनुपर्छ अनि समाजमा विद्यमान सबै मतभेद–विभेदको अन्त हुनेछ र सभ्य र शान्त अनि सम्मुत्रत सुसंस्कारयुक्त समाज निर्माण गर्न सक्तछौँ । समाजमा सद्भाव र भाइचारा फैलिएपछि राष्ट्रिय एकता बलियो हुन्छ र बाँकी तमाम विकृति र विसंगति स्वत हट्ने छ । आजको विकसित प्रविधिमार्फत हाम्रो समाजले पनि सभ्य समाज कस्तो हुन्छ, त्यहाँ राज्य र नागरिकको व्यवहार अनि आफ्नो दायित्व कसरी निर्वाह गर्दछन् भन्ने कुरा देखिसकेको छ, पढिसकेको छ, बुझिसकेको छ, खालि व्यवहारमा कार्यान्वयन गर्न र गराउन वातावरण को अभाव वा वातावरण निर्माणमा हामी असफल भएका मात्र हौँ । विकसित र सभ्य भनिएकाहरू पनि त यही ब्रह्माण्डका मानिस हुन् र हामी पनि यही ब्रह्माण्डका हौँ अनि हामीले गर्न नसक्ने के छ र ? मात्र हाम्रो नकारात्मक प्रवृतिलाई सकारात्मकमा परिवर्तन गर्नु मात्र त हो ।

क्रमश :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।