
३ बैशाख, वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ ।
करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यानसर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् ।
महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार रुपैयाँ पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ । अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाडौको एक ल्याबमा बिक्री गरिसकेका छन् । सप्लायर्स, ल्याब इन्चार्ज र मेडिकल सुपरिटेन्डेन्टले मिलेमतोमा मेसिन साटेर बिक्री गरिएको सम्बद्ध स्रोतको दाबी छ । मंगलबारको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार ०८:१६ मा प्रकाशित