
३ बैशाख, काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारको १ सय १३ रोपनी जग्गा फिर्ता गर्ने निर्णय गरेको सरकारले भूमाफियाहरुबाट हडपिएका देशभरका अन्य जग्गा आफ्नो नाममा ल्याउन प्रभावकारी कदम चालेको छ ।
सोही क्रममा सरकारले सिराहामा भूमाफियाद्धारा साविकको सोनमगी गाविस मझौरा ८ मा विभिन्न बहानामा हडपिएको करोडौ रुपैयाँ मूल्य पर्ने २१ बिघा जग्गा सरकारको नाममा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल को पहलमा जिल्ला प्रशासन कार्यालय सिराहामार्फत व्यक्तिगत रुपमा हडपिएको २१ बिघा जग्गा सरकारकै नाममा फिर्ता गरिएको हो । मंगलबारको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार ०८:२६ मा प्रकाशित





























