back

अध्यक्षका उम्मेदवार थापाको चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न

वि.सं.२०७६ वैशाख ३ मंगलवार

24 

shares

एनअराएनए अमेरिकाका लागि उम्मेदवारी घोषणा गरेका संजय थापाको चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

‘एनआरएनएमा झांगिएको विकृति र विसंगति हटाउन मेरा उम्मेद्ववारी’ भन्ने मुल उद्धेश्यका साथ बाल्टिमोरमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार संजय थापा तथा अन्य उम्मेदवारहरूको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ ।


‘सन्जय थापा समुह जिताउं अभियान’ डि सि मेट्रो एरियाले वाल्टिमोरको वाना सामुदायिक भवनमा आयोजित कार्यक्रम सहसंयोजक काशि पौड्यालको सभापत्तित्व र अर्का सहसंयोजक यूद्र वहादुर पन्तको सन्चालनमा भएको थियो ।

कार्यक्रममा अध्यक्ष पदका प्रत्यासी सन्जय थापाले आफू र आफ्नो समुहका सदस्यहरूको चुनावि योजना प्रस्तुत गरेका छन् । कार्यक्रममा उपस्थित अतिथिहरूले उनका योजना र कुशल नेतृत्व एनआरएन अमेरिकाले पाउनेछ भन्दै विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना दिएका थिए ।

सुभकामना दिनेहरूमा गुरूङ समाजका अध्यक्ष दिनेश गुरूङ, म्यादी समाजका अध्यक्ष ईन्द्र व थापा, एनआरएनए मेरिल्यान्ड च्याप्टरका सचिव महेन्द्र देसार, वानाका अध्यक्ष सुवोध विलास पन्त, एनआरएनका उपाध्यक्ष जेदु पोख्रेल, राप्रपा नेपालका सहमहामन्त्री प्रेम कुमार श्रेष्ठ तथा ओएनएफका अध्यक्ष तथा ओएनयूएफ अमेरिकाका नेता प्रभु थापा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई ईनेप्लिजका सन्चालक विजय थापा र डि सि नेपालका सन्देश खड्काले प्रत्यक्ष प्रसारण गरेका थिए भने कायंक्रममा ओएनयूफ अमेरिकाका एम लामा, राधाकूष्ण देउजा, टेक गुरूङ, रिजउड नेपाली समाजका उपाध्यक्ष भुवनेश्वर अधिकारी, वानाका निबर्तमान अध्यक्ष अनु वन्त, म्याग्दी समाजका निवर्तमान अध्यक्ष अमर छन्त्याल, राष्ट्रिय खेलाडी मास्टर कुमार कार्की, वानाका संस्थापक गणेश मलेगी लगायत वानाका बर्तमान र पूर्वपदाधिकारीहरू लगायत कोषाध्यक्षका उमेदवार रविन बज्रचार्य, महिला कोर्डिनेटर सुनिता खत्री, बोर्ड अफ डाईरेक्टरका उम्मेदवारहरू धुर्व झा, छत्र गुरूङ ,धर्म वि क, खिम भट्टराई लगायतको उपस्थित रहेको थियो ।

आफ्नो मनतव्य राख्दै अध्यक्षका उम्मेदवार सन्जय थापाले विगत केही वर्ष अगाडीदेखि परम्परागत रुपमा राजनीतिक समस्याले झांगिएको गुट उपगुट, मुद्दा मामिलाबाट जकडिएको एनआरएनएलाई शुद्ध सुदुढ गर्ने आफ्नो अभियान रहेको बताएका छन् । आफूले जीवनको झन्डै ३५ बर्ष सामाजिक कार्यमा विताएको तथा विगत २ बर्ष देखि एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर हेल्पडेक्सको उपसंयोजक रहेर जिम्मेवारीपूर्वक काम गरेको, टि पि एस र गैर्हआवसिय नेपाली नागरिकता विधेयकलाई प्रवासी नेपालीको आवश्यकता र संविधानले व्यवस्था गरे अनुसार हुनुपर्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको कुरा प्रष्टै रहेको बताए ।
उनले अहिले पनि निर्वाचन स्वच्छ निस्पक्ष हुने कुरामा विश्वास गरिसक्ने अवस्था नरहेको तथा धॉधलीका अनेक रूपहरू देखा परिरहेकोले सबैले सोच्नुपर्ने भएको र एनआरएनए अमेरिकाप्रतिको विश्वासलाई जगाउन सकिएन भने यो २०० र ४०० जनाको एउटा कल्वमा परिणत हुनेकुरा समेत वताए ।

‘यदि तपाईहरूले निर्वाचनमा मलाई विजय वनाउनु भयो भने, म एनआरएन अमेरिकालाई एक विशुद्ध सामाजिक र विधिमा सन्चालन हुने सबै नेपाली अमेरिकनहरूको साझा र प्रिय संस्था बनाउनेछु, अमेरिकावासी सबै नेपालीहरूको आर्थिक र सामाजिक जीवन उच्च वनाउने अभियान सन्चालन गर्ने छु, नेपालसंगको सम्वनधलाई सुमधुर र व्यवस्थित बनाउदै मातृभुमिप्रति उत्तरदायी वनाउने तथा हाम्रो एनआरएन राम्रो एनआरएन’ भन्ने बनाउँछु ।’ नेपालीको साझा चौतारीको रुपमा एनआरएनलाई एउटै मालामा उन्ने अठोटका साथ एनआरएनएको अध्यक्ष पद्मा उम्मेदवारी दिएको थापाले बताए ।

‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा सहित वर्तमान नेपाली सरकारसँग हातेमालो गर्दै अघि बढ्नेछु,’ उनले भने, ‘बारम्बार प्रवासी नेपालीमा परेका समस्या समाधान गर्न म लड्र्दै आएको छु अबका दिनहरूमा पनि विश्वभरि छरिएका नेपालीहरूको बीचमा अमेरिकाको एनआरएनए नमूना बनाउने मेरो मूल ध्यये हुनेछ र विश्व एनआरएनमा अमेरिकी एनआरएनको सम्मानजनक उपस्थिति रहनेछ ।’

अध्यक्षका दावेदार थापा र उनको समुह कार्यक्रममा भाग लिन अमेरिकाको निम्न राज्यमा जाँदै छन् अप्रिल १४ गते बाल्टिमोर र भर्जिनियामा उनको चुनावी प्रचार प्रसारको कार्यक्रम सम्पन्न भएको छ भने अप्रिल २० मा सनफान्ससिको, २१ मा लस एन्जलस क्यालिर्फोनिया टेक्सास, न्यूयोर्क, वोष्र्टन, न्यूहाम्सर लगायत दर्जनौं स्थानमा चुनावी कार्यक्रम रहेको पनि अभियानले बताएको छ ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ११:१५ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...