
३ बैशाख, काठमाडौ । नेपाली कप्तान रोहित कुमार पौडेलको अर्धसतक सँगै नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । टस हारेर व्याटीङको निम्तो पाएको नेपालले ४३.२ ओभर खेलेर २२९ रनको सम्मानजनक स्कोर खडा गरेको थियो ।
ओपनर पवन शर्राफ क्रिजमा टिक्न नसक्दा सुरुमा नेपालको व्याटीङ धरमराएको थियो । टिम स्कोर १२ हुदा शर्राफ ५ रनमै आउट भएका थिए । आजपनि नेपाली व्याट्सम्यानहरु पुरै ओभर खेल्न असमर्थ भएका छन् । शर्राफ सँगै ओपनिङ पारी सम्हालेका रित गौतमले पनि २१ बलको सामना गरेर जम्मा १० रन मात्रै बनाउन सफल भए ।
अभिसेक बस्नेतले पनि आजको खेलमा नेपाली दर्र्शकलाई निरास बनाएका छन् । बस्नेतले ४४ बलको सामना गरेर जम्मा १० स्कोर मात्रै जोड्न सफल भए । अघिल्लो खेलमा अर्धसतकको पारी खेलेका हरी बहादुर चौहान व्यक्तिगत दुई रनमै आउट हुदाँ नेपालको व्याटिङ लाइन पुरै धर्मराई सकेको थियो ।
तर नेपाली दर्शकलाई धेरै बेर निरास हुन परेन । कप्तान रोहित पोडेलले ८१ बलको सामना गरेर ५ चौका र २ छक्का सहित ७५ रनको व्यक्तिगत स्कोर खडा गरेपछि नेपालको स्कोर सम्मानजनक बन्न पुगेको हो ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार ११:५४ मा प्रकाशित
























