back

देश क्राउन रिपब्लीक तर्फ अग्रसर भएको छ : महासचिव मैनाली

वि.सं.२०७६ वैशाख ३ मंगलवार

36 

shares

३ बैशाख, काठमाडौ । नेकपा मालेका महासचिव सिपी मैनालीले सरकार असफल बन्दै गइरहेको आरोप लगाएका छन । इतिहासकै सर्वाधिक शक्तिशाली सरकार भएपनि केपी ओली नेतृत्वको सरकार लम्पसार र आत्मसर्मपणवादी बन्दै गएको टिप्पणी मैनालीले गरेका छन् ।

देश भन्सार राजस्व र रेमीट्यान्सबाट मात्रै चलेको आरोप मैनालीको छ । राम्रो घोषणा पत्र ल्याएर जनअभिमत प्राप्त गरेको सरकार सर्वसत्तावादी बन्दै आफ्नै घोषणापत्र र आफैलाई निर्वाचीत गर्ने जनतालाई लत्याइरहेको मैनालीले बताए ।

नागरिकताको विषयमा सरकारले पुरै आत्मसमर्पण गरेको आरोप मैनालीको छ । संसारन्युज सँगको साक्षत्कारमा मैनालीले सरकार पुर्णत भारतीय विस्तारवादको दलाल बन्दै गएको बताए । एकातिर दैनिक राज्यसत्ता चलाउने भन्दा अन्य श्रृजनात्मक काम गर्न नसक्नु,  अर्कोतर्फ बुर्जुवा सर्वसत्तावादी चरित्र देखाउनुले ओली सरकार कम्युनिष्ट सरकार नरहेको मैनालीको तर्क रहेको छ । ओली सरकार पुर्णत अमाक्र्सवादी रहेको समेत मैनालीले बताए ।

एक अर्को प्रसङ्गमा मैनालीले देशमा रहेका राजनीतिक दलहरु एकपछि अर्को गर्दै असफल हुँदै जादा रिपब्लीकन मोनार्कीले प्रवेश पाउने खतरा समेत रहेको बताएका छन् । वर्तमान राजनीतिक दलहरुबाट देशको भलो हुने काम हुन नसक्दा त्यस्तो सम्भावानालई नर्कान नसकिने मैनालीको तर्क रहेको छ । मैनालीले प्रष्ट पार्दै भने जब जनअभिमत पाएकाहरुबाटै जनताले आशातित काम भएको महशुस गर्दैनन त्यस्तो बेला अभिजात वर्गको उदय हुन सक्छ ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १२:१५ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...