
४ बैशाख, काठमाडौ । बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई अघोषित कारबाही गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो ।
ललिता निवासको जग्गासम्बन्धी उजुरी छानबिनका लागि अख्तियारले उहाँलाई नै अनुसन्धान अधिकृत तोकेको थियो, स्रोतले भन्यो, उहाँका कतिपय क्रियाकलापबारे उजुरी आएपछि निगरानी बढाएका थियौ, केही क्रियाकलाप पदीय मर्यादा र आचारसहितविपरीतको पुष्टि भएपछि यहाँ राख्नु ठीक हुँदैन भनेर महान्यायाधिवक्ता कार्यालय फिर्ता गरिदिन आग्रह गरेका हौ, उहाँ फिर्ता जाँदै हुनुहुन्छ ।
जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तियारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । बुधबारको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ४ बुधवार ०७:३० मा प्रकाशित