back
CTIZAN AD

देशकोअस्तित्वनै समाप्त हुने खतरा किन निम्त्याइँदै छ ?

वि.सं.२०७६ वैशाख ४ बुधवार

609 

shares

कुनै पनि देशको कुनै पनि समयमा चल्ने नागरिकता नीति त्यस देशको राष्ट्रियतासँग जोडिएको हुन्छ । हाल नेपालमा चलिरहेको नागरिकता नीति बारेको बहसको मुख्य सम्बन्ध पनि नेपाली राष्ट्रियतासंगै अभिन्न रुपले गाँसिएको छ । मानव अधिकार, बाल अधिकार, समान अधिकार आदि इत्यादी विभिन्न अधिकारको नाममा नेपाली नागरिकता नीतिलाई अहिले समकालीन दुनियाँ र आफ्नै घनिष्ठ छिमेकी मुलुकहरुको भन्दा निकै खुकुलो, सहज र शीघ्र बनाउन खोजिएको छ । राज्य र यसका संचालक शासकवर्ग र वृत्तका विभिन्न नेतृत्वदायी अङ्ग र निकायका नेता, निर्णयकर्ता र नियामक आदिबाट प्रस्तुत संविधान, कानून, नीति, नियम, निर्णय, निर्देशन र कार्यान्वयन यसै दिशामा विवादका बिचबाट पनि अघि बढिरहेकै छन् । राष्ट्रियताजस्तो अत्यन्तै महत्वको अनि ज्यादै नै गम्भीर र संवेदनशील मुद्दासँग जोडिएको भएता पनि किन यो विषय यसरी अघि बढिरहेको छ त ?

यसप्रकारको खुकुलो नागरिकता नीतिबाट छिटै जनसांख्यिक अतिक्रमण भै नेपालको अस्तित्वनै समाप्त हुने खतरा किन निम्त्याइँदै छ त ? यसका पछाडी केही गम्भीर र रहस्यमय कारणहरु रहेका छन् । सामान्यतया ती कारणहरुमध्ये हामीले भारतीय विस्तारवादलाई मुख्य बताउँदै आएका छौं र त्यो र त्यसका दलाल र दासजस्ता पृष्ठपोषकहरु विरुद्धको संघर्षलाई समेत बढाउँदै आएका पनि छौं तर पनि किन त फेरि फेरि नेपाली नागरिकता वितरणमा झन् पछी झन् नरम, उदार र खुकुलो नीति, विधि, विधान र संविधानका प्राबधानहरु नेपाली सरकार र सदनबाट थपिंदैछ त ? यसरी नेपालमा बार बार नागरिकता नीतिमा गरिने घातक व्यवस्थाका पछाडी मुख्य र निर्णायक कारणको रुपमा केही आन्तरिक कारणहरु रहिआएका छन् ।

सामान्यत : कुनै वस्तु, व्यक्ती, घटना, विचार वा प्रवृत्तिको विकास, ठहराव वा विनास अर्थात् उन्नती, यथास्थिति वा प्रगतीमा सम्बन्धित वस्तु, व्यक्ति, घटना, विचार वा प्रवृत्तिको आन्तरिक तत्व,पक्ष वा गुण नै मुख्य र निर्णायक कारण हुन्छ अर्थात् आन्तरिक पक्षको मुख्य र निर्णायक भूमिका हुन्छ । बाह्य कारणको पनि महत्वपूर्ण र अपरिहार्य भूमिका रहेपनी त्यो कारण सहायक नै हुन्छ । त्यसैले सर्वप्रथम त ती मुख्य र निर्णायक घातक आन्तरिक कारण, जसले गर्दा नेपालमा नागरिकता लगायतका विभिन्न माध्यमबाट राष्ट्रघातका विभिन्न वारदातहरु गरिंदै आएका छन्, त्यसको अध्ययन -विश्लेषण र पहिचान गर्नु जरुरी हुन्छ । ती हुन्-

१- राजा–राणा, नेता-मन्त्री र सबैजसो उच्चपदस्थ शासक–प्रशासकहरुको ज्यानमोह, कुर्सीमोह र पैसामोह अर्थात् झुक्ने, बिक्ने र चुक्ने सिद्धान्त र व्यवहार नै पहिलो प्रमुख र सबैभन्दा ठूलो निर्णायक घातक कारण हो ।

२-उनीहरुभित्रै रहेको भारतीय भक्ति, भय, भत्ता र भात (भोजभतेर) प्रतिको आसक्ति अर्थात् नेपालकै नेतृत्व पंक्तिमा रहेको दलाल, दास, भतुवा र भ्रष्ट चिन्तन–प्रवृत्ति दोस्रो ठूलो निर्णायक घातक कारण हो ।

३–तिनीहरुमै रहेको पश्चिमा साम्राज्यवादी शक्तिहरुको सुझाव– दवाव र पैसा–पावर आदिको प्रभाव अनि उनिहरुको दमनद्ददादागिरीप्रतिको आत्मसमर्पणवादी र शक्तिपूजावादी विचार–संस्कार र संस्कृती–मनोवृत्ती पनि तेस्रो ठूलो घातक कारण हो ।

४-प्रायः नेपाली नेता–शासकहरुभित्र लुकेर रहेको ढोङी, जाली, सडके र प्रतिपक्षी राष्ट्रवाद चौथो ठूलो घातक कारण हो ।

५–धेरैजसो शीर्ष नेतृत्वका व्यक्तिवादी, स्वार्थी, संकीर्ण, सम्झौतावादी , आत्मसमर्पणवादी र षड्यन्त्रकारी शोंच, शैली र गतिविधी पाँचौं घातक कारण हो ।

६– निर्णायक नायक, नेता, नीति र नेतृत्वमा निहित नियत र नैतिकता अनि तिनको सम्भावित नियतिप्रतिको सहायक नेता, कार्यकर्ता र जनतासमेतद्वारा सहर्ष, शीघ्र र सशक्त रुपमा गरिने अनुमानविहीन, आशंकाहीन, आलोचनाहीन, असीमित र अन्ध समर्थन, सहयोग, सद्भाव, सहभागिता, समन्वय, सहकार्य र समर्पण समेत छैठौं ठूलो घातक आन्तरिक कारण हो ।

७-सबैजसो शीर्ष नेतृत्वका उपरोक्त प्रकारका स्वार्थी, लाछी, विश्वासघाती, कायर र कपटपूर्ण मति, रीती, स्थिती, गति र प्रवृत्तिलाई समयमै चिन्न, बिन्न, कमगर्न, हान्न र मार्न अर्थात् विश्लेषण गर्न, निगरानी–नियन्त्रण गर्न, होशियारी–खबर्दारी गर्न, बुझ्न–बदल्न र हस्तक्षेप–विकास गर्न अन्य नेता, कार्यकर्ता र जनताले नसक्नु बरु उल्टै लामो समयसम्म तिनकै भ्रम र भाषणबाट मोहित हुनु : तिनीहरुकै झुठा आश्वासन र प्रलोभनमा पर्नु ः तिनमै आस्था–निष्ठा राख्नु : तिनकै आशा–भरोसा गर्नु र तिन्कै संरक्षण –संबद्र्धन गर्नु सातौं ठूलो घातक कारण हो ।

८-नेपाली क्रान्तिकारी र संघर्षशील भनिएका राष्ट्रवादी, लोकतन्त्रवादी र वामपन्थी राजनीतिक शक्ति र नेतृत्वमा रहेका सम्झौतावादी र सुधारवादी रुझान तथा जनता–कार्यकर्तामा रहेको आंशिक र सीमित उपलब्धिमा चित्त बुझाउने सन्तोषवादी प्रवृत्ति पनि आठौं ठूलो आन्तरिक घातक कारण हो यी कारणहरु नै सामान्यत : नेपाल र नेपालीको विग्रँदो वर्तमानका वेथिती, विकृती र विसङ्गतीका पनि मुख्य कारण हुन् भने विशेषत : र अझ मुख्यत : हालको राष्ट्रघाती नागरिकता संशोधन विधेयक २०७५ पास गरिने मुख्य कारणहरु हुन् ।

तसर्थ यिनको जतिसक्यो विरोध, अवरोध र प्रतिरोध गर्नु जरुरी छ । यसप्रकारका नीति र नेतृत्वका कलुषित नियतहरुको उजागर र भण्डाफोर गरिनु अनिवार्य छ । नागरिकता नीतिबारेको यो अभियान र आन्दोलनलाई देसभक्तिपूर्ण आन्दोलनसँग जोडेर संचालन गर्नु आवश्यक छ । र, अन्तत ः वर्गमुक्ती आन्दोलनसँग एकाकार गरेर देशभक्तिपूर्ण र राष्ट्रमुक्तीको आन्दोलनलाई समृद्ध, सशक्त र सफल बनाउनु पर्दछ ।

आज यसरी राष्ट्रघाती नागरिकता नीति बन्दै जान लाग्नुको पछाडी हाम्रो वर्गमुक्ती आन्दोलन कमजोर, भुत्ते, बाङ्गो र रक्षात्मक हुनु नै हो । वास्तवमा वैचारिक, राजनीतिक र वर्गीय आन्दोलन सशक्त भएको बेला यी राष्ट्रघाती कारक र कार्यहरु मुर्झाएका हुन्छन् तर जब यो आन्दोलन सम्झौता र समर्पणमा पुग्दछ तब यी राष्ट्रघाती व्यक्ती, शक्ति र प्रवृत्तिहरु जुर्मुराएर आउँछन् । नेपालमा त ठीक यही नै भैरहेको छ ।

हरेक दश–दश वर्ष जस्तोमा नेपालमा प्रकट हुने आम जनअसन्तुष्टि अहिले प्रकट र विस्फोट नै हुने बेला भैसकेको छ । तसर्थ आउनुहोस् अब तुरुन्तै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई एकीकृत र केन्द्रीकृत गरौं । यी मुद्दाका सम्पूर्ण हिमायती शक्तिहरुलाई पनि गोलबन्द गरौँ । अनि अहिले देशको एक भागमा आएको नयाँ आँधीवेरी ‘टोर्नाडो’ जस्तै समग्र देशमा नयाँ राजनीतिक टोर्नाडो सिर्जना गरौं र समस्या र समस्याका स्रोत, सर्जक र प्रवद्र्धकहरु उन्मूलन गरौं !!! न रहे बाँस न बजे बाँसुरीको अवस्था पैदा गरौं अर्थात् चिरकालसम्मको लागि नेपाली नागरिकता र राष्ट्रियताको समस्या समाधान गरौं !!!खतरा किन निम्त्याइँदै छ ?

वि.सं.२०७६ वैशाख ४ बुधवार १९:२७ मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...