
४ बैशाख । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा लम्की चुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । एक समारोहका बिच सुदुरपश्चिम प्रदेशकाआर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको समुद्घाटन गरे । उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री, लम्की चुहा नगरपालिकाको उपप्रमुख श्रीमती टिका थापा, लम्की चुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । कार्यक्रममा लम्की चुहा न.पा. वडा नं. ४ कावडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ काअध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखश्री सरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । यस बलिया स्थित शाखा र एटिएम समेतबाट एकै साथ कारोबार संचालनमा आएको छ ।
यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमायस बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आँखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । १ हजार जना भन्दा बढीका आँखा परिक्षण गरिएको उक्त आँखा शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।
जनता बैंकको यस बलिया शाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ । बैंकले यी शाखाहरु सहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पु¥याइरहेको छ ।
वि.सं.२०७६ वैशाख ४ बुधवार २०:५२ मा प्रकाशित