back
CTIZAN AD

जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

वि.सं.२०७६ वैशाख ५ बिहीवार

633 

shares

५ बैशाख, नयाँदिल्ली । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ ।

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो ।

जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ ।

कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा कम्पनी रहेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा ऋणदाताको खोजी भइरहेको तर अपेक्षित नतिजा प्राप्त भइनसकेको जनाएको छ ।

भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरुलाई अनुरोध गरिसकेको छ । यस कम्पनीमा हाल २३ हजारले रोजगारी पाएका छन् । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए । उनले गत महिना अध्यक्षको पदबाट राजीनामा दिउका थिए ।

कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौंदेखि तलब सुविधा पाउन सकेका छैनन् । बिमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौं यात्रु अलपत्र परेका छन् ।

“गएराति स्टेट बैंक अफ इन्डियाले जेट एयरवेजलाई पत्र पठाई अल्पकालीन ऋण उपलब्ध गराउन नसकिने सूचना दिएको छ,” एयरलाइन्सले बताएको छ ।

“ऋणदाताबाट कुनैपनि किसिमको आपतकालीन वा दिर्घकालीन लगानीको सुनिश्चिचता नभएकाले इन्धन वा अरु दैनिक कार्यसञ्चालनका लागि रकम अभाव भएको छ । त्यसैले तत्काल लागू हुनेगरी जेट एयरवेज सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडान रद्द गर्न बाध्य भएको छ ।”

वि.सं.२०७६ वैशाख ५ बिहीवार ०९:३८ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...