back
CTIZAN AD

विप्लव बन्दकाे असरः चितवनमा सिलिण्डर ग्यास विष्फोट

वि.सं.२०७६ वैशाख ५ बिहीवार

717 

shares
file -photo

५ वैशाख, चितवन । नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिका-१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो । यस्तै कालिका नगरपालिका-८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पनि पड्किएको छ ।

खैरहनी नगरपालिका-३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएकोमा पड्कन नपाएको रेग्मीले बताउनुभयो । बन्दको प्रभाव जिल्लामा परेको छ । बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन, भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधन म्याजिक, भ्यान, अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सञ्चालन भइरहेका छन् । राजमार्गमा चलेका सवारीलाई प्रहरीले सुरक्षा दिइ गन्तव्यमा पु¥याएको छ ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार १६:०२ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...