back
CTIZAN AD

पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

वि.सं.२०७६ वैशाख ५ बिहीवार

636 

shares

५ बैशाख, क्वेटा, पाकिस्तान ।  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् ।

अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए ।

आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिए ।

उनले भने, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरे ।”

उनका अनुसार ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरु मकरान तटीय राजमार्गमा रोकेर यात्रुको हत्या गरिएको हो ।

घटनामा बारेमा कसैले जिम्मा नलिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस प्रान्तको राजधानी क्वेटामा गत साता भएको आत्मघाती हमलामा २० जना मारिएका थिए ।

बलुचिस्तान अफगानिस्तान र इरानसँग सीमा जोडिएको पाकिस्तानी प्रान्त हो । यस प्रान्तमा पाकिस्तानभरीकै सबैभन्दा धेरै गरिबी, विभिन्न जातिको बसोबास भएको र सबैभन्दा ठूलो प्रान्त हो ।

बलुचिस्तानका मुख्यमन्त्री जाम कमालले घटनाको निन्दा गर्दै मारिएका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार १६:१४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...