back
CTIZAN AD

अन्तिममा कुवेतलाई पराजित गरेपनि बिश्वकपमा छनौट हुन सकेन नेपाल

वि.सं.२०७६ वैशाख ५ बिहीवार

522 

shares

५ बैशाख, काठमाडौं । मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरे पनि विश्वपकमा भने छनोट हुन सकेन । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो ।

नेपालको जीतमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।

कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर चार बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।

कुवेतका लागि नोमन बुन्द्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाएका थिए । नेपालका कप्तान रोहित कुमार पौडेलले तीन विकेट लिए । यस्तै कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले समान दुई÷दुई विकेट लिए ।

कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले पाँच खेलमा चारमा जीत र एक हारसहित आठ अङ्क जोड्न सफल भयो । छनोटबाट संयुक्त अबर इमिरेट् ९युएइ० पाँच खेलबाट पाँचमै जीत निकाल्दै विश्वकपमा छनोट भएको छ । छनोटमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले पराजित गरेकामा दोस्रो खेलमा युएईसँग एक रनले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई आठ विकेट र चौथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार १६:१८ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...