
५ बैशाख, काठमाडौं । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पु¥याएको छ ।
माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि बन्द गर्नुपरेको वडाध्यक्ष कुमार लामाले बताए । उनका अनुसार वर्षाले गए राति ६÷७ ठाउँमा पहिरो गएर अत्तरपुर, ठूलो धादिङ तथा लिसङ्खु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
त्यस्तै हवाहुरीसँगै परेको असिनापानीले मुढेआसपास जेढल तथा उत्तरपुरमा लगाइएको करीब रु ३५ लाख बराबरको आलु पूर्णरुपमा क्षति भएको छ । मुडेको आलु स्वादिलो र चाँडै पाक्ने हुँदा लोकप्रिय छ ।
वि.सं.२०७६ वैशाख ५ बिहीवार १६:४३ मा प्रकाशित