back

आतङ्कवाद विश्व शान्तिका लागि ठूलो चुनौती : देवेगौडा

वि.सं.२०७६ वैशाख ५ बिहीवार

30 

shares

१५ मङ्सिर, काठमाडौँ  । भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आतङ्कवादसम्बन्धी समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले आतङ्कवाद विश्व शान्तिका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताए। उनले आतङ्कवाद मानवाधिकार उल्लङ्घनको विषय भएको बताउँदै आतङ्कवादीलाई ‘बहादुर व्यक्तिका’ रुपमा हेरिनु नहुनेमा जोड दिए । उनले भने, “राज्यबाट आतङ्कवाद संरक्षित हुनुहुन्न र आतङ्कवादलाई राज्यले गर्ने सहयोग रोकिनुपर्छ । यस्ता समस्या अन्तर्राष्ट्रिय कानूनअनुसार समाधान गरिनुपर्छ ।”

वर्तमान र भविष्यका पुस्ताको भविष्यका सुरक्षाका लागि शान्ति अन्तरसम्बन्धित कुरा भएको र यसलाई साधारण र सरल बनाउनुपर्नेमा जोड दिँदै उनले शान्ति सर्वकालिक हुनुपर्ने र यो एक पुस्ताबाट अर्को पुस्तामा पुग्नुपर्ने बताए ।

उनले भने, “भारतमा प्रकृतिलाई आमा मानिन्छ । प्राकृतिक स्रोत प्राणीको आवश्यकताका लागि पर्याप्त छ तर लालचका लागि पर्याप्त छैन । मौसम परिवर्तनका असर कम गर्न भारत वचनबद्ध छ ।” उनले खाद्य सुरक्षा र बाँच्न पाउने अधिकारको सुरक्षामा जोड दिँदै विश्वका प्रत्येक नौ व्यक्तिमा एक भोका भएको र उनीहरुको खाद्यमा पहुँच पर्नुपर्ने बताए ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार २०:०८ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...