back
CTIZAN AD

पौडेलले किनेको जग्गाको प्रधानमन्त्री निवाससँग कुनै साइनो सम्बन्ध छैन – मुख्य सचेतक भट्टराई

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

561 

shares

६ बैशाख, काठमाडौ । बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल विरुद्ध कू प्रचार गरीएको भन्दै राष्ट्रिय सभामा सत्तापक्षको संसदिय दलका मुख्य सचेतक खिमलाल भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । भट्टराइले प्रधानमन्त्री निवास भित्रको जग्गानै हड्पेसरी भ्रम फिजाउने काम भएको बताएका छन् । उनका अनुसार पौडेलले किनेको जग्गामा अहिले पनि बाटो छैन । खेतको स्वरुपमा रहेको उक्त आठ आना जग्गा मोहीबाट बिक्रि भएर तेस्रो व्यक्तिले बेचेपछि पौडेलले किनेकोे भट्टराईको दाबी छ ।

वि.स. २०६१ सालमा पौडेल कुनै शक्तिमा नभएको बेला किनिएको उक्त जग्गा बारे भ्रम फैलाउनु भन्दा फिल्डमा गएर तथ्य बुझ्न मुख्य सचेतक भट्टराईको आग्रह रहेको छ ।

राजा ज्ञानेन्द्रको शासनकालमा पार्टीका नेताहरु लुकि लुकि हिड्नु पर्ने बेलामा पौडेलले कुन शक्तिको भरमा त्यस्तो गरे होला भनेर एकपटक सोच्दै नसोची आरोप लगाउने काम भएकोमा भट्टराइले असन्तोष व्यक्त गरेका छन् । उनले पौडेल विरुद्ध घृणित व्यवहार रोक्न सबैलाई अपील गरेका छन् ।

पौडेल पार्टी र देश भक्त नेता भएकाले उनी विरुद्धका झुटा प्रचार तुरुन्तै बन्द गरीनु पर्छ, भट्टराईले ठोकुवाका साथ भनेका छन् । पौडेलले त्यस्तो कुनै अनैतिक काम गर्नु भएकै छैन । बानेश्वर भन्दा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुझ्नेहरुले बालुवाटार भन्दा प्रधानमन्त्री निवास बुझेर झुटा प्रचार गरेको भट्टराइको दाबी छ । अन्तरीम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको मन्त्रीपरिषदले २०४७ सालमा फुकुवा गरेर कांग्रेस नेता रुक्म शमशेरको नाममा भएको जग्गा दुइ पटक बिक्रि भएपछि तेस्रो पटक मात्रै पोडेलले किनेका हुन् । उक्त जग्गासँग प्रधानमन्त्री निवासको कुनै साइनोसम्बन्ध छैन भट्टराइले बताए ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०९:२३ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...