
६ बैशाख, काठमाडौ । बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल विरुद्ध कू प्रचार गरीएको भन्दै राष्ट्रिय सभामा सत्तापक्षको संसदिय दलका मुख्य सचेतक खिमलाल भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । भट्टराइले प्रधानमन्त्री निवास भित्रको जग्गानै हड्पेसरी भ्रम फिजाउने काम भएको बताएका छन् । उनका अनुसार पौडेलले किनेको जग्गामा अहिले पनि बाटो छैन । खेतको स्वरुपमा रहेको उक्त आठ आना जग्गा मोहीबाट बिक्रि भएर तेस्रो व्यक्तिले बेचेपछि पौडेलले किनेकोे भट्टराईको दाबी छ ।
वि.स. २०६१ सालमा पौडेल कुनै शक्तिमा नभएको बेला किनिएको उक्त जग्गा बारे भ्रम फैलाउनु भन्दा फिल्डमा गएर तथ्य बुझ्न मुख्य सचेतक भट्टराईको आग्रह रहेको छ ।
राजा ज्ञानेन्द्रको शासनकालमा पार्टीका नेताहरु लुकि लुकि हिड्नु पर्ने बेलामा पौडेलले कुन शक्तिको भरमा त्यस्तो गरे होला भनेर एकपटक सोच्दै नसोची आरोप लगाउने काम भएकोमा भट्टराइले असन्तोष व्यक्त गरेका छन् । उनले पौडेल विरुद्ध घृणित व्यवहार रोक्न सबैलाई अपील गरेका छन् ।
पौडेल पार्टी र देश भक्त नेता भएकाले उनी विरुद्धका झुटा प्रचार तुरुन्तै बन्द गरीनु पर्छ, भट्टराईले ठोकुवाका साथ भनेका छन् । पौडेलले त्यस्तो कुनै अनैतिक काम गर्नु भएकै छैन । बानेश्वर भन्दा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुझ्नेहरुले बालुवाटार भन्दा प्रधानमन्त्री निवास बुझेर झुटा प्रचार गरेको भट्टराइको दाबी छ । अन्तरीम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको मन्त्रीपरिषदले २०४७ सालमा फुकुवा गरेर कांग्रेस नेता रुक्म शमशेरको नाममा भएको जग्गा दुइ पटक बिक्रि भएपछि तेस्रो पटक मात्रै पोडेलले किनेका हुन् । उक्त जग्गासँग प्रधानमन्त्री निवासको कुनै साइनोसम्बन्ध छैन भट्टराइले बताए ।
वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०९:२३ मा प्रकाशित