back
CTIZAN AD

समयमा पानी परेपछि गुहुँको उत्पादनमा वृद्धि

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

579 

shares

६ वैशाख, पर्सा । समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् ।

गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

गतवर्ष प्रतिहेक्टर ३।२ मेट्रिक टनको दरले उत्पादन भएको तुलनामा यसवर्ष प्रति हेक्टर ३।६ मेट्रिक टन उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र पर्साका प्राविधिक सहायक श्यामकिशोर कुर्मीले जानकारी दिए । उनले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताए ।

गतवर्ष पर्सामा रु एक अर्ब ८३ करोड चार लाखको गहँु उत्पादन भएको तुलनामा यसवर्ष दुई अर्ब ५२ करोड ७२ लाखको गहुँ उत्पादन हुने कुर्मीको भनाइ छ ।

पर्सामा रहेको कूल ५० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार १०० हेक्टर जग्गामात्र सिञ्चित क्षेत्र रहेको छ । जिल्लाको सिञ्चित क्षेत्रलाई वृद्धि गर्न प्रदेश नं २ को सरकारले किसानलाई ८५ प्रतिशत अनुदानमा १५० थान विद्युतीय मोटर वितरण गर्न रु ४५ लाख विनियोजन गरेको छ ।

कृषि ज्ञान केन्द्रले जनाइको छ । विनियोजित बजेटबाट जडान भए पनि कृषि कार्यमा लागत घट्नुको साथै ४०० हेक्टरभन्दा बढी जग्गालाई सिँचाइ सुविधा गर्न सकिने प्रसा कुर्मीले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १२:४६ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...