
६ बैशाख, काठमाडौं । आज देशका पहाडी भागमा मेघ गर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान विभागले जनाएको छ ।
विभागका अनुसार पहाडि भेगका केही स्थानमा अपरान्हपछि वा साँझतिर मेग गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशका पहाडी भेगमा आंशिक देखि सामन्य वदली हुनुका साथै बाँकी भू–भागमा सामान्यतया सफा हुनेछ भने पहाडि भेगका केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७६ वैशाख ६ शुक्रवार १३:४८ मा प्रकाशित





























