back

साउदीमा दुई भारतीय नागरिकलाई मृत्युदण्ड, यस्तो रहेछ कारण !

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

27 

shares

६ बैशाख, काठमाडौं । साउदीमा कार्यरत दुई भारतीयलाई मृत्युदण्ड दिएको समाचार छ ।  भारतको विदेश मन्त्रालयका अनुसार भारतको होशियारपुरका सतविंदर र लुधियानाका हरजित सिंहलाई टाउको छिनालेर (शिर कलम गरेर) सजाय दिइएको हो ।

उनीहरुलाई २०१९ फेब्रअरी २८ मा मृत्युदण्ड दिइएको पनि अप्रिल १४ का दिन मात्र मृत्युदण्ड दिइएको खबर आएको उनीहरुका परिवारले बताएका छन् ।

सतबिन्दरकी श्रीमती सीमाले भनिन् ‘हामीलाई थाहा छैन शव ल्याएर के गर्ने ? सरकारमा कसैले पनि हाम्रो कुरा सुन्दैनन्,’ उनले भनिन्, ‘हाम्रो अन्तिम पटक फरवरी २१ का दिन कुरा भएको थियो । त्यो बेला मेरा श्रीमानलाई दिइने सजायको बारेमा केही थाहा थिएन ।’
उनका अनुसार सरकारी तवरबाट उनीहरुलाई कुनै जानकारी नदिएको तथा केही युवाहरुले यस्तो घटनाको बारेमा बताएपछि उनीहरुले नै इमेल मगाएका थिए ।

उनले भनिन्, ‘गएको दुई वर्षसम्म चिठ्ठी आइरहेको थियो । फोनमा पनि कुरा भएको थियो । अचानक कुराकानी बन्द भयो । जब केहि महिना बित्यो अनि गाउँमा कसैले बतायो कि, उनीहरु जेलमा बन्द छन् ।’

सीमाका वकिल विजयले पनि २८ फरवरीका दिन जेलबाटै कसैको फोन आयो, उसले भन्यो कि, सतविन्दरलाई मृत्युदण्डको सजाय दिइयो ।’ उनीहरु २०१३ मा वर्क परमिटमा साउदी पुगेका थिए ।

किन दिइयो मृत्युदण्डको  सजाय ?
उनीहरु दुवैलाई १५ डिसेम्बरका दिन पक्राउ गरिएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरुले त्यहाँ पुगेको केही समयपछि मादक पर्दाथ सेवन गरेको र झगडा गरेको आरोपमा पक्राउ गरेर दमामको जेलमा राखिएको थियो । हाल उनीहरुको सजाय पूरा भएको भएपनि पछि पत्ता लाग्यो कि, उनीहरु कसैको हत्यामा संलग्न भएको भनेर प्रहरीले खोजि गरिरहेको थियो ।

आरिफ नामका अर्का भारतीय र उनीहरु ३ जना मिलेर लुटपाटमा संलग्न रहेका थिए । ‘पैसा भाग लगाउने क्रममा उनीहरुको झगडा भएको र उनीहरु दुवैले आरिफलाई मारेर शव मरभूमिमा फ्याकिदिएका थिए । यसको सुनुवाईका लागि उनीहरुलाई दमामको जेलमा राखिएको थियो । मन्त्रालयको पत्र अनुसार अनुसन्धानका क्रममा दुवैले आफ्नो अपराध स्वीकारेका थिए ।

मन्त्रालयका अनुसार साउदी अरबको कानुन अनुसार मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुको शव, न परिवार नत देशलाई नै फर्काइन्छ । साथै मृत्युदण्ड दिएको दुई महिनापछि मात्र मुत्युदण्डको प्रमाण जारी गरिन्छ । बीबीसी

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १४:०९ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...