back
CTIZAN AD

साउदीमा दुई भारतीय नागरिकलाई मृत्युदण्ड, यस्तो रहेछ कारण !

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

672 

shares

६ बैशाख, काठमाडौं । साउदीमा कार्यरत दुई भारतीयलाई मृत्युदण्ड दिएको समाचार छ ।  भारतको विदेश मन्त्रालयका अनुसार भारतको होशियारपुरका सतविंदर र लुधियानाका हरजित सिंहलाई टाउको छिनालेर (शिर कलम गरेर) सजाय दिइएको हो ।

उनीहरुलाई २०१९ फेब्रअरी २८ मा मृत्युदण्ड दिइएको पनि अप्रिल १४ का दिन मात्र मृत्युदण्ड दिइएको खबर आएको उनीहरुका परिवारले बताएका छन् ।

सतबिन्दरकी श्रीमती सीमाले भनिन् ‘हामीलाई थाहा छैन शव ल्याएर के गर्ने ? सरकारमा कसैले पनि हाम्रो कुरा सुन्दैनन्,’ उनले भनिन्, ‘हाम्रो अन्तिम पटक फरवरी २१ का दिन कुरा भएको थियो । त्यो बेला मेरा श्रीमानलाई दिइने सजायको बारेमा केही थाहा थिएन ।’
उनका अनुसार सरकारी तवरबाट उनीहरुलाई कुनै जानकारी नदिएको तथा केही युवाहरुले यस्तो घटनाको बारेमा बताएपछि उनीहरुले नै इमेल मगाएका थिए ।

उनले भनिन्, ‘गएको दुई वर्षसम्म चिठ्ठी आइरहेको थियो । फोनमा पनि कुरा भएको थियो । अचानक कुराकानी बन्द भयो । जब केहि महिना बित्यो अनि गाउँमा कसैले बतायो कि, उनीहरु जेलमा बन्द छन् ।’

सीमाका वकिल विजयले पनि २८ फरवरीका दिन जेलबाटै कसैको फोन आयो, उसले भन्यो कि, सतविन्दरलाई मृत्युदण्डको सजाय दिइयो ।’ उनीहरु २०१३ मा वर्क परमिटमा साउदी पुगेका थिए ।

किन दिइयो मृत्युदण्डको  सजाय ?
उनीहरु दुवैलाई १५ डिसेम्बरका दिन पक्राउ गरिएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरुले त्यहाँ पुगेको केही समयपछि मादक पर्दाथ सेवन गरेको र झगडा गरेको आरोपमा पक्राउ गरेर दमामको जेलमा राखिएको थियो । हाल उनीहरुको सजाय पूरा भएको भएपनि पछि पत्ता लाग्यो कि, उनीहरु कसैको हत्यामा संलग्न भएको भनेर प्रहरीले खोजि गरिरहेको थियो ।

आरिफ नामका अर्का भारतीय र उनीहरु ३ जना मिलेर लुटपाटमा संलग्न रहेका थिए । ‘पैसा भाग लगाउने क्रममा उनीहरुको झगडा भएको र उनीहरु दुवैले आरिफलाई मारेर शव मरभूमिमा फ्याकिदिएका थिए । यसको सुनुवाईका लागि उनीहरुलाई दमामको जेलमा राखिएको थियो । मन्त्रालयको पत्र अनुसार अनुसन्धानका क्रममा दुवैले आफ्नो अपराध स्वीकारेका थिए ।

मन्त्रालयका अनुसार साउदी अरबको कानुन अनुसार मृत्युदण्डको सजाय पाएका व्यक्तिहरुको शव, न परिवार नत देशलाई नै फर्काइन्छ । साथै मृत्युदण्ड दिएको दुई महिनापछि मात्र मुत्युदण्डको प्रमाण जारी गरिन्छ । बीबीसी

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १४:०९ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...