७ बैशाख, काठमाडौं । नेपालमा गैरसरकारी संस्था (आइएनजीओ) किन आउँछन् ? सोझो उत्तर हुन्छ– विकास परियोजना सञ्चालन गर्न, समाजसेवा गर्न र नागरिकलाई शसक्तिकरण गर्न । उनीहरुको परियोजना प्रस्तावमा पनि विकास नै लेखिएको हुन्छ । तर, यस्ता संस्था विकासका नाममा क्रिश्चियन धर्म प्रचारमा सक्रिय छन् ।
राज्यको कानुनले धर्म प्रचार र परिवर्तन कार्य अपराध ठहर्याएको छ । त्यस्तो कार्य गराउनेमाथि कडा कसुरको पनि व्यवस्था छ । तर, कानुन विपरीत गतिबिधि गर्ने यस्ता संस्थालाई राज्यलाई राज्य संयन्त्रले संरक्षण दिएको छ ।
फिडा इन्टरनेशनलले समाज कल्याण परिषद्मा २०१५ देखि २०२० सम्म्का लागि परियोजना स्वीकृत गर्यो । संस्थाले ओखलढुंगा, चितवन, सर्लाही, धनुषा, महोत्तरी, काभ्रे, बाँके, रुकुम रोल्पालाई कार्यक्षेत्र बनाएको छ । पाँच वर्षमा २४ करोड ८७ लाख ९२ हजार खर्च गर्ने प्रस्ताव छ । उक्त परियोजनाको मध्यावधि मुल्यांकन रिर्पोटमा संस्थाले विकास कार्यसँगै क्रिश्चियन धर्म प्रचार गरेको पाइएको छ । शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ७ शनिवार ०७:४८ मा प्रकाशित






























