back
CTIZAN AD

निर्यातमा सघाउने मन्त्री यादवको प्रतिवद्धता

वि.सं.२०७६ वैशाख ७ शनिवार

657 

shares

७ बैशाख, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा भएको १८औँ वार्षिक साधारणसभामा उनले पश्मिनालगायत निर्यातजन्य वस्तुको निकासी बढाउन निजी क्षेत्र सशक्त रुपमा लाग्नुपर्ने सुझाउँदै त्यसमा सरकारले भरमग्दुर सहायता गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घजस्ता निजी क्षेत्रका सङ्गठित सङ्घसंस्थालाई निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्दै निर्यातका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।

वाणिज्य सचिव केदारबहादुर कार्कीले विश्वभर निजी क्षेत्रलाई औद्योगिक विकासको वाहक मानिएको र उक्त क्षेत्रलाई व्यापार–वाणिज्य वृद्धिमा सहजकर्ताका रुपमा सरकारले सघाउँदै आएको सुनाए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतका सरकारले अधिक निकासीकर्ता, करदातालगायतलाई सम्मान गर्दै आएको तर त्यो अहिले टुटेकामा चिन्ता व्यक्त गरे । उनले आफूहरू सरकारसँग काँधमा काँध मिलाएर देशको आर्थिक उन्नयनमा लागिपरेको बताए ।

सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले सन् २०१८ मा रु तीन अर्बको पश्मिना निर्यात भएको जानकारी दिँदै ४७ देशमा च्याङ्ग्रा पश्मिनाको व्यापार चिह्न दर्ता गर्न सङ्घ सफल भएको बताए ।

वि.सं.२०७६ वैशाख ७ शनिवार १२:२५ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...