
८ बैशाख, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सकारले वार्तामा आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ ।
पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्री देखि मन्त्रीहरु सहभागी हुने कार्यक्रम रोक लगाउने बताउँदै आएको बेला सरकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको हो ।
सरकारका प्रवक्ता एवंम् सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले हिंसाको बाटोबाट कुनै पनि निकास ननिस्कने भन्दै वार्तामा आए सरकार स्वागत गर्न तयार रहेको बताए । आइतबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ वैशाख ८ आइतवार ०८:०३ मा प्रकाशित






























